ghar sansar

सुप विश्वविद्यालय : विध्वंशमा उत्रिए सत्ता साझेदार दलका विद्यार्थी, परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

महेन्द्रनगर । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयमा अनेरास्ववियुले लगाएको ताला अन्य विद्यार्थीले तोडेपछि शुक्रबार ससंगठनका नेता कार्यकर्ताले परीक्षा नियन्त्रक देवसिह नाथ र सहायक परीक्षा नियन्त्रक बिर बहादुर सिहको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

परीक्षा नियन्त्रक नाथले आफ्नो कार्यकक्षमा आएका समाजवादीका १२÷१५ जना नेता कार्यकर्ता आएर हाम्रो लगाएको ताला किन ? तोडेको भन्दै तोडफोड गरेको बताए । ‘हामी दुवै जना आ–आफ्नो कार्यकक्षमा नियमित कामकाज गरिरहेका थियौँ, ‘उनले भने, ‘एक्कासी आएर अराजकशैलीमा तोडफोड गरेर गए ।’

सहायक परीक्षा नियन्त्रक सिह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका सिसा, टेबुल, कुर्सी, कागजपत्र भएको दराज सहित तोडफोड गरेको उनले बताए ।

समाजवादी निकट विद्यार्थी संगठनले भागबण्डा मागेकै कारण तालाबन्दी गरेको परीक्षा नियन्त्रक नाथले बताए । ‘हामीहरु उहाँहरुसंग ६÷६ पटक वार्तामा बसे, ‘परीक्षा नियन्त्रक नाथले भने, ‘तर बाग चाहियो भन्ने अब हाम्रो स्तरबाट उहाँहरुलाई भाग दिन सक्ने कुरो भएन, भाग नै माग्ने भए कार्यकारी संग माग्नुप¥यो ।’

समाजवादी निकट अनेरास्ववियूले १८ साउनमा प्रश्नपत्र हुबुह भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको थियो ।

Himal dental
सम्बन्धित
Loading...