ghar sansar

प्रहरीले फिर्ता गर्न थाल्यो डेढ महिना अघि जोखिमयुक्त भन्दै बरामद औषधि, चित्तबुझ्दो जवाफ नदिएसम्म फिर्ता नलैजाने व्यवसायीको अडान

Amity

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले जेठ २९ गते आधा दर्जन मेडिकलमा छापा हानेर बरामद गरेको औषधि फिर्ता गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालयले अवैध रुपमा मेडिकल सञ्चालन गरिएको भन्दै औषधि सहित सञ्चालकहरुलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालतबाट मेडिकल सञ्चालक धरौटी रिहा भएपछि प्रहरीले उनीहरुलाई कार्यालयमा बोलाएर औषधि फिर्ता दिन थालेको हो । आधा दर्जन मेडिकल सञ्चालकमध्ये अधिकाँशले औषधि लगि सकेका छन् । केही मेडिकल सञ्चालकले भने प्रहरीबाट औषधि बरामदको चित्तबुझ्लो जवाफ नआएसम्म फिर्ता नलग्ने अडान लिएका छन् ।

lotus institite

प्रहरीले बरामद गरेको औषधि अहिले के कारणले जोखिमयुक्त नभएको कारण आफूहरुले खोजेको मझगाउँमा राजेन्द्र बहादुर चन्दले बताए ।

‘त्यो बेला जोखिमयुक्त औषधि भनेर हामीलाई पक्राउ गरियो, मुद्दा लगाइयो, अहिले फेरि त्यहीं औषधि लग्नु भनेर जानकारी आएको छ’ उनले भने,‘त्यो के कारणले त्यो बेला जोखिमयुक्त भयो, अहिले फेरि के कारणले फिर्ता गर्न खोजिँदैछ, हामी त्यसको कारण जान्न चाहन्छौ ।’

जिल्ला प्रहरी कार्यालयले औषधि फिर्ता लैजान खबर गरे पनि आफू अहिलेसम्म प्रहरी कार्यालय नगएको चन्दले बताए ।

‘अरु साथीहरु त गएर लिई सकेका छन्, मैले अहिलेसम्म लिएको छैन, कम्तिमा त्यो कारण त हामीले पनि थाहा पाउनु पर्छ भन्ने मेरो भनाई हो’ उनले भने ।

जिल्ला प्रहरी कार्यालयले उनीहरुमाथि जोखिमयुक्त औषधि कारोबार सम्बन्धि मुद्दामा अनुसन्धान गरेको थियो । जिल्ला अदालतले सबैलाई जनही ३० हजार धरौटी छाडेको हो ।

मेडिकल सञ्चालक पक्राउ परेपछि नेपाल सीएमए संघले प्रहरी विरुद्ध आन्दोलनको चेतवानी दिएको थियो ।
सीएमए संघ कञ्चनपुरका अध्यक्ष तिलक जोशीले बिना कुनै प्रक्रिया, जानकारी नदिएर मेडिकलमा राखिएका औषधीको पहिचान नगरी एकै पटक ६ वटा मेडिकलमा छापा मारी ४ जना क्लिनिक सञ्चालक पक्राउ गरिएकोमा आक्रोश पोखेका थिए ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को नियम नियम अनुसार दर्ता भएर समान्य चिकित्सा तृतिय तह सम्मका लागि निजि क्षेत्रबाट स्वास्थ्य व्यवसाय गर्ने अधिकार आफूहरुलाई दिइएको उनको भनाई थियो ।

प्रहरीले मुद्दा चलाएपछि अहिले मेडिकल सञ्चालकले औषधि कारोबार गर्न छाड्ने मनस्थिति बनाएको चन्दले बताए । ‘ऐन कानुनर अनुसार व्यवसाय दर्ता पनि मुद्दा लाग्छ भने जोखिम मोलेर व्यवसाय गर्न सकिने अवस्था छैन’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...