तीन दिन कैद भुक्तानका लागि समातिए वनगाउँका तिरुवा

lotus institute

महेन्द्रनगर । प्रहरीले लागु औषध चरेश मुद्दामा दोषी ठहर भएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दोषी ठहर गरी फरार रहेका भीमदत्त नगरपालिका ५ का लछी तिरुवालाई घर नजिकबाट पक्राउ गरेको हो ।

Mahendranagar

जिल्ला अदालतले २०७९ बैशाख १३ गते तिरुवालाई लागु औषध चरेश मुद्दामा तीन कैद सजाय तोकेको थियो । कैद सजाय तोकिएका फरार तिरुवाको प्रहरीले खोजी गर्दैै आएको थियो ।

morning glory

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले तिरुवालाई अदालतमा पेश गरी कारागार चलान गरिएको बताए ।

saark school
सम्बन्धित
Loading...