ghar sansar

कञ्चनपुरका हात्ती पीडित वस्ती, जहाँ बालबालिका लुकाएर वासिन्दाले रातभर धपाउँछन् हात्ती

Amity

डिल्लीराज पन्त
महेन्द्रनगर । भीमत्तनगर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र दोधारा–चाँदनी नगरपालिकाका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंग जोडिएका बस्तीका स्थानीय वर्षेनी जंगली जनावरबाट पीडित हुने गरेका छन् ।

सीमावर्ती भारतीय जंगलबाट आउने हात्तीको बथानले वर्षेनी अन्नबाली नष्ट गर्नुका साथै स्थानीयका घर टहरा समेत भत्काउने र मानवीय क्षति गरे पनि यसको  दिर्घकालिन समाधान तर्फ कुनै निकायको ध्यान जान सकेको छैन ।

lotus institite

कञ्चनपुरको अधिकांश ग्रामीण बस्तीमा जंगली हात्तीको आतंक बढेको हो । प्रायः गरेर अन्नबाली भित्राउने बेलामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा सीमावर्ती भारतीय जंगलबाट आउने जंगली हात्तीको बथानले भिमदत्तनगर पालिका, शुक्लाफाँटा नगरपालिका, दोधारा चादनी नगरपालिका, दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका, पुर्नवास नगरपालिका लगायतका क्षेत्रमा आतंक मच्चाउने गरेको छ । यहाँ अहिले हात्ती धपाउनै रातभरी जाग्राम बस्नु पर्ने बाध्यतामा छन् ।

दोधारा चादनी नगरपालिका –३ बडुवाल टोलमा करिव ३ सय घर धुरी रहेको बस्तिमा मात्रै हाल सम्म जंगली हात्तिका कारण ३ जना स्थानियले ज्यान गुमाई सकेका छन् भने २२ घर टहरा एकै दिन भत्काएको छ ।

यस वर्ष मात्रै कञ्चनपुर जिल्लामा सयौ विगाह वढि पाक्नै लागेको धानवाली मात्रै क्षती गरीसकेको छ ।त्यस्तै मकै ,तिल लगायतका अन्नवालि मा क्षति गर्ने गरेको छ । जंगली हात्तीबाट आतंकित बनेका पीडितले स्थानीय प्रशासन र निकुञ्ज कार्यालयसँग पटक–पटक क्षतिपूर्ति, राहत र जीउ ज्यानको रक्षाको माग गर्दै आएका छन् ।

विगत लामो समयदेखि हात्तीले आतंक मच्चाउँदै आए पनि सम्बन्धित निकायले भने दीर्घकालिन समाधान खोज्न नसकेको पीडितको गुनासो छ ।

अब धान र मकै खेती सुरु भएकाले धान नपाकेसम्म यहाँका नागरिक सुत्न पाउदैनन् । हात्ती खेदाउन रातभर जागराम नबसे घर भत्काउन डर त्यत्तीकै छ् । भारत संग जोडिएको बस्ती बडुवाल टोलमा बिगतका दिनहरुमा दर्जनौ घर हात्तीले भत्काएको हो । रातीको समयमा भारतिय जंगलबाट बस्ती छिर्ने जंगली हात्ती आतंकित भएका स्थानीयबासीहरु आफनो ज्यान जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन् ।

परिवारका बुढाबुढी र केटाकेटीलाई उनीहरुले घर भन्दा टाढा अन्यत्र सुरक्षित स्थानमा राख्ने गरेका छन् । एक दर्जन भन्दा बढी हात्तीको हुलले यस वर्षमा एक महिना देखि बस्तीनै आतंकित हुने गरि खेतीमा क्षती किसानहरुको बालीनाली नष्ट पनि गरेको छ ।

पछिल्ला समयमा साँझ भएपछि मात्रै आउने हात्तिका बथान केहि दिन यता दिउसै आउन थाले पछि स्थानिय त्रासमा बस्ने गरेका छन । बालीनाली मात्रै नभई स्थानियहरुले ज्यानै जोगाउन मुश्किल भईरहेको बताउदै यस क्षेत्रका वासिन्दा ले कमाई खाने जग्गाको हाल सम्म पनी लालपुर्जा नभएकाले क्षति पुर्ति समेत पाउन नसकिएको दोधारा चाँदनी नगरफालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले बताएकी छन ।

गत वर्ष मात्रै हात्तीले डेढ सयभन्दा बढीको घरटहरा र बालीनाली नष्ट गरेको थियो । तर अहिलेसम्म पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन् ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्ज किनार रहेको जिल्लाका अधिकांस बस्तीमा विगत देखिनै हात्तीहरुको बथानले जनधनको नोक्सानी गर्दे आएपनी सरकारी निकाय वाट कुनै प्रकारको दिर्घकालिन समाधानको लागी निति बनेको छैन तर यसको न्युनिकरणका लागि सरोकारवाला निकाय आफुहरुले नगपालिका मार्फत पहल थालिरहेको दोधारा–चाँदनी नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष हरि सिंह धनाडिले वताएका छन ।

दोधारा चाँदनीको बडुवालटोल सहित भिमदत्त नगरपालिकाको बडैपुर, बनकट्टी, गोवरिया, शुक्लाफाटा, पुनर्बासल गायतका क्षेत्रमा अहिले जंगली हात्तीले बढी क्षति गरिरहेका छन् । हाल सम्म कञ्चनपुर जिल्लामा जंगली हात्तिको आक्रमण वाट १६ घटना ५ जनाको मृत्यु ११ जना घाइते भएका शुक्लाफाँटा राष्ट्रिय निकुन्जले जनाएको छ ।

सांसद बैठकमा समेत कञ्चनपुर जिल्लामा जंगली हात्तीले गररीरहेको आतंक वारे यस क्षेत्रबाट प्रतिनिधित्व गरेका सांसदहरुले सरकारको ध्यान आर्कषण गरि सकेका छन् ।

 

 

Himal dental
सम्बन्धित
Loading...