ghar sansar

पेशागत महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा अध्यक्षमा दामोदर भट्ट चयन

Amity

महेन्द्रनगर । पेशागत महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भट्ट चयन भएका छन् । महासंघको शनिबार महेन्द्रनगरमा सम्पन्न प्रथम अधिवेशनबाट भट्ट अध्यक्ष चयन भएका हुन् ।

अधिवेशनबाट महासंघको प्रदेश उपाध्यक्षमा बद्रि प्रसाद भट्टराई, महिला उपाध्यक्ष राधिका पन्त, महासचिव कमल बहादुर चन्द , सचिव श्याम खड्का, महिला सचिव प्रतिभा भण्डारी र कोषाध्यक्षमा विन्दु चन्द चयन भएका छन् ।

lotus institite

सुशिला चन्द सिह, महेश्वरी विष्ट, चन्द्रकला चन्द, शेर सिह धामी, गोविन्दराज जोशी, ताराप्रसाद भट्ट, गगन चन्द र भीम बहादुर खड्का महासंघ प्रदेश समितिका सदस्य भएका छन् ।

पेशागत महासंघ नेपालका अध्यक्ष पुण्य प्रसाद ढकालले नव निर्वाचित समितिका पदाधिकारी र सदस्यलाई पद तथा गोपयिनथाकाृ शपथ ग्रहण गराएका छन् ।

केन्द्रीय अध्यक्ष ढकालले अधिवेशन उद्घाटन गरेका थिए । उद्घाटन सत्रपछि भएको बन्द सत्रबाट समिति चयन गरिएको हो ।

महासंघ प्रदेश नेतृत्वका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल निजामति कर्मचारी संगठनले आकाँक्षा राखेका थिए । बन्द सत्रमा सहमतिमा सर्वसम्मत सहमति चयन गरिएको छ ।

प्रदेश अध्यक्ष भट्ट शिक्षक संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष हुन् । उनी केही महिनापछि अनिवार्य अवकाश हुन लागेका छन् ।

भानु पार्टी प्यालेशमा गरिएको अधिवेशको उद्घाटन सत्रमा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, चुडामणी जङ्ग, पोलिटब्युरो सदस्य कर्ण थापा लगायतका नेताले मन्तव्य राखेका थिए ।

अधिवेशनमा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका २ सय ५० प्रतिनिधि सहभागी भएको नेपाल निजामति कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश महासचिव महादेब जोशीले बताए ।

   

Himal dental
सम्बन्धित
Loading...