गौरा पर्व देउडा विशेष कार्यक्रममा वरिष्ठ समाजसेवी बस्नेत सम्मानित

महेन्द्रनगर । गौरा पर्व विशेष देउडा प्रस्तुति तथा स्रष्टा सम्मान कार्यक्रममा महेन्द्रनगरका वरिष्ठ समाजसेवी लिलाध्वज बस्नेत सम्मानित भएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाद्वारा आयोजित सो कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले समाज, साहित्य र कला संस्कृतिको क्षेत्रमा विशेष योगदान पु¥याएकोमा वस्नेतलाई सम्मान प्रदान गरेका हुन् ।

वस्नेत सहित ५ जनालाई कार्यक्रममा सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कञ्चनपुर शाखाका अध्यक्ष लाल बहादुर धामीको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिममा देउडाको आफ्नै विशिष्ठ पहिचान रहेको बताउँदै देउडाको संरक्षण र सम्बर्द्धनमा टेवा पु¥याउदै आएको उल्लेख गरे ।

ार्यक्रममा प्रदेश प्रमुख जोशीसंगै सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री प्रकाश रावल र प्रदेशसभा सदस्य मधु भारती, भीमदत्त नगरपालिकाका पूर्वमेयर यज्ञराज जोशी र वेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक कुमार चन्द लगायतले मन्तव्य राखे ।

सम्बन्धित
Loading...