ghar sansar

वडा प्रहरी कार्यालय इन्चार्ज मल्ल भन्छन्– बदनाम हुने काम गर्दैन, बदनाम भएर फर्किने छैन

little buddha academy
khasi

महेन्द्रनगर । वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक याम बहादुर मल्लले जनतालाई अनुभूति हुने गरी काम गर्ने बताएका छन् । वडा प्रहरी कार्यालयमा पत्रकारहरुसित परिचयात्मक कार्यक्रम गर्दै उनले आफू वडा प्रहरी कार्यालयबाट बदनाम भएर नजाने बताएका हुन् ।

दुई साता अघि वडा प्रहरी कार्यालय सरुवा भएर आएका प्रहरी निरीक्षक मल्लले प्रहरीसित जनताको विश्वास बढ्ने गरी आफूले काम गर्ने र त्यसमा सबै पक्षबाट सहयोग पाउने आश गरिएको बताए ।

,orning glory badhai

‘प्रहरीको काम जनताको सुरक्षा गर्ने हो, वडा प्रहरी कार्यालयको आफ्नो क्षेत्राधिकार छ, त्यस अनुसार जनतलाई विश्वास हुने, अनुभूति हुने गरी काम गर्छु’ उनले भने,‘म यो कार्यालयमा बस्दासम्म बदनाम हुने कुनै काम गर्दिन्, बदनाम भएर फर्किदन् ।’

यस अघि नेपाल प्रहरीको तालिम केन्द्रमा कार्यरत उनी १७ वर्षदेखि प्रहरी सेवामा छन् । २०६३ मा प्रहरी सहायक निरीक्षकबाट सेवा सुरु गरी २०७२ मा प्रहरी निरीक्षकमा बढुवा भएका हुन् । डेढ दशकको सेवा अवधिमा हासिल गरिएका सबै अनुभव वडा प्रहरी कार्यालयको सुरक्षा व्यवस्थापनमा प्रयोग गर्ने उल्लेख गरे ।
वडा इन्चार्ज मल्लले रिएक्टिभ र प्रोएक्निट पोलिसिङ्ग आफूले अपनाउने उल्लेख गर्दै वडा प्रहरीको क्षेत्रभित्र शान्ति सुरक्षाका लागि सबै पक्षसित सहकार्य र समन्वय गरिने बताए ।

dirghayi clinic

‘रिएक्भिट अन्र्तगत कानुन कार्यान्वयन र प्रोएक्टिभमा जनचेतना सचेतना फैलाउने लगायतका कार्य हुने छन्’ इन्चार्ज मल्लले बताए ।

वडा प्रहरी कार्यालय आएपछि उनले वडाको क्षेत्रभित्रको सुरक्षाको अवस्थाबारे सरोकारवाला विभिन्न पक्षसित कार्यक्रम गरी जानकारी लिएका छन् ।

प्रहरी जाँचका क्रममा लागु औषधि सहित सेवनकर्ता पक्राउ परेपछि उनले महेन्द्रनगरमा लागु औषध समस्या विकराल भएको निष्कर्षमा पुगेका छन् ।

‘लागु औषधको धेरै नै समस्या रहेछ, चेकिङ्गका क्रममा दुई तीन जना पक्राउ गरिएको छ, यो चेकिङ्गका क्रममा पक्राृउ पर्न विकराल समस्याको संकेत हो’ उनले भने ।

महेन्द्रनगर बजारमा सानातिना झैझगडा र चोरीका घट्ना हुने गरेको देखिएको उल्लेख गर्दै उनले त्यसमा लागु औषध सेवनकर्ता संलग्न देखिएको बताए ।

वसपार्क लगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापन समस्याको रुपमा देखिएको प्रहरी निरीक्षक मल्लको भनाई छ । उनले स्थानीय सरकारसित सहकार्य गरी ट्राफिक व्यवस्थापनका कार्य गरिने बताए ।

Himal dental
सम्बन्धित
Loading...