ghar sansar

यसरी दलबल लिएर मदनचोकका २२ सटर पनि हेर्न जान सक्लान मेयर बोगटी

महेन्द्रनगर । मदनचोकका २२ सटर हटाएर सडक निर्माणलाई निरन्तरता दिन नसकेर आलोचित भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी गल्लीभित्रका संरचना हटाउन भने दलबल सहित आएका छन् । भीमदत्त नगरपालिकाले बजारको भित्री गल्लीका खोका छाप्रा हटाउन जारी गरेको सात दिने म्याद सकिने अघिल्लो दिन उनी गल्लीमा देखिएका हुन् ।

भीमदत्त नगरपालिका कार्यालयले गल्ली भित्रका खोका छाप्रा हटाउन सात दिने सूचना जारी गरेको थियो । एडिबी अन्र्तगत महेन्द्रनगर बजार क्षेत्रमा निर्माण भई रहेको पक्की सडकमा परेका विद्युत र टेलिफोनका पोल सार्नका लागि गल्लीभित्रका संरचना खाली गर्न लागिएको हो । ठेकेदार पोलहरु सडकमा छाडेर सडक कालोपत्रे गरेको थियो ।

mahostaw

ठेकेदारको यो गैर जिम्मेवारी कार्यको चौतर्फी आलोचना भए पनि मेयर बोगटी मौनता साँधेका थिए । मदनचोकमा २२ सटर हटाउन नसकेर चौतर्फी आलोचित भए पनि उनी अझै ध्यान दिएका छैनन् ।

मेयर बोगटीलाई सटर भत्काउनका लागि व्यवसायीले उनको तस्बिर सहित सडकमा रोपाइ गरि सकेका छन् । सटर भत्काएर सडक कालोपत्रे हुन नसकेपछि त्यस क्षेत्रका व्यवसायी समस्यामा छन् ।

ती सटरमा चासो नदिएका उनी गल्लीका खोका हटाउन भने आफै दलबल सहित आएका छन् । उनले गल्लीमा आएर आइतबार ती सबै संरचना चत्काउन निर्देशन दिएका छन् ।

महेन्द्रनगर बजार क्षेत्रका गल्लि नम्बर १, २, ३, ४ र ५ पछाडिका गल्लिमा ढल निर्माण र विद्युतका पोलहरु राख्ने कार्य हुने भएकोले ती संरचना हटाउनु पन पर्नो बोगटीको भनाई छ ।

Himal dental
सम्बन्धित
Loading...