ghar sansar

एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य राना विरुद्ध बलात्कार आरोपमा जाहेरी

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका का एक जना विरुद्ध जबरजस्तीकरणी आरोपमा जाहेरी दर्ता गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय अनुसार लालझाडीका अमर सिह राना विरुद्ध जबरजस्तीकरणी आरोपमा जाहेरी परेको छ ।

राना एमाले निकट राष्ट्रिय  युवा संघको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भएको बताइएको छ । २२ वर्षिया किशोरीले धाक धम्की र त्रास देखाएर बलात्कार गरेको आरोप लगाएकी छन् ।

,orning glory badhai
dirghayi clinic

पीडित किशोरीको घर परिवारका अनुसार गाउँको विवाद गाउँमै समाधान गर्नु पर्छ, बाहिर लैजानु हुन्न भन्दै राना सहितले दवाव दिदै आएका थिए । ती दबाव अस्वीकार गरी पीडित युवतीका प्रहरीले प्रहरीमा जाहेरी दिएको बताएका छन् ।

यस्तो प्रकृतिको घटना आज मेरो घरमा घटेको छ । भोली कोही अर्को गाउँलेको घरमा घटना दोहोरिन
सक्छ । त्यसैले यस्ता खालका घटनाहरु समाजमा पुनः दोहरिनु हँुदैन भनेर प्रहरीमा मुद्धा दर्ता गरेका छौं, ती किशोरीका बुवाले भने ।

जिल्ला प्रहरी कार्यालयका तर्फबाट दर्ता गरिएको उक्त मुद्दामा मुलुकी अपराध संहितामा जबरजस्ती करणी गरेमा हुने सजायका अतिरिक्त सार्वजनिक पद धारण गरी कसुर गरेको भन्दै थप सजाय हुन सक्ने बताउँदै घटनामा संलग्न आरोपीलाई कानुन बमोजिम कारवाही हुन्छ, दर्ता भएको निवेदनलाई कारबाहीको लागि अघि बढाउन लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

Himal dental
सम्बन्धित
Loading...