ghar sansar

कञ्चनपुरका स्थानीय तहले देखासिकीमा दिए गौराको विदा

महेन्द्रनगर । कञ्चनपुरका स्थानीय तहले देखासिकीमा गौरा पर्वको विदा दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा हुँदै नभएको अधिकार प्रयोग गरी सबै स्थानीय तहले बिहीबार गौरा पर्वको सार्वजनिक विदा दिएका छन् ।

सुदूरपश्चिममा यस पटक बिहीबारदेखि दोस्रो गौरा पर्व मनाउन लागिएको हो । यस अघि नेपाल पञ्चाङ्ग समितिको निर्णय अनुसार भदौ ७ गते पहिलो गौरा मनाइएको थियो ।

भदौ ७ गते संघ र सुदूरपश्चिम प्रदेश सरकारले गौराको विदा दिएको थियो । अहिले स्थानीय सरकारले गौराको विदा दिएका छन् । स्थानीय सरकार प्रमुख स्तरीय निर्णयबाट सबै स्थानीय तहमा विदा दिइएको छ ।

मंगलबार साँझसम्म दोधारा चाँदनी नगरपालिका बाहेक अन्य सबै स्थानीय तहले विदा दिएका थिए । सबै तहको स्थानीय विदापछि दोधारा चाँदनीले पनि केही छिनपछि विदाको सूचना सार्वजनिक गरेको थियो ।

मंगलबार दिउँसोदेखि केही स्थानीय तहले विदा दिएका सूचना बाहिर आएपछि सबैमा सूचना सार्वजनिक गर्ने होडबाजी चलेको थियो ।

सबै स्थानीय तहका सूचना हेरेर बसेको दोधारा चाँदनी नगरपालिकाले साँझपख अन्तिममा आएर विादको सूचना सार्वजनिक गरेको थियो ।

गौरा पर्वको विदाका लागि मेयर किशोर कुमार लिम्बु र प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रमाथि जनप्रतिनिधि र कर्मचारीले समेत दबाव दिएका थिए ।

सबैको दबावपछि मेयर लिम्बुको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत मिश्रले कार्यपालिका सदस्यसित फोनमा कुराकानी गरी विदाको सूचना सार्वजनिक गर्न लगाएका थिए ।

दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मिश्रले स्थानीय तहले प्रदेश कानुका आधारमा स्थानीय विदा दिन सक्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...