ghar sansar

लेनेदन विवादमा मिलापत्र गरिएको दुई दिनमै धनगढीकी भट्टमाथि इँटा प्रहार

महेन्द्रनगर । कैलालीको धनगढीमा एक महिलामाथि कुटपिट गरिएको छ । धनगढी उपमहानगरपालिका–४ चटकपुरकी लक्ष्मी भट्टमाथि बुधबार बिहान कुटपिट भएको हो । भट्टका छोरा नवीनले स्थानीय प्रेम विष्टले मदिरा सेवन गरेर आमामाथि कुटपिट गरेको बताए ।

उनका अनुसार आपसी लेनदेनको विषयमा लामो समयदेखि विवाद रहेकोमा मंगलबार जिल्ला प्रहरी कार्यालयमा विष्टसँग मिलापत्र गर्दै अबदेखि विवाद नगर्ने सहमति भएको थियो तर मिलापत्र भएको भोलिपल्टै भट्टमाथि कुटपिट भएको हो ।

उनका अनुसार भट्टकी बहिनी नाता पर्नेसँग हिसाबका बारेमा कुराकानी भइरहेका बेला एक्कासी आएर विष्टले उनीमाथि इँटा प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टले आपसी विवादका क्रममा महिलामाथि इँटा प्रहार गरेको पाइएको जनाएको छ। ​

पीडित महिलाको टाउकोमा चोट लागेको छ । उनको धनगढीको स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। महिलामाथि कुटपिट गर्ने विष्टलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जनाएको छ। विष्टलाई हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Himal dental
सम्बन्धित
Loading...