ghar sansar

लेनेदन विवादमा मिलापत्र गरिएको दुई दिनमै धनगढीकी भट्टमाथि इँटा प्रहार

khasi

महेन्द्रनगर । कैलालीको धनगढीमा एक महिलामाथि कुटपिट गरिएको छ । धनगढी उपमहानगरपालिका–४ चटकपुरकी लक्ष्मी भट्टमाथि बुधबार बिहान कुटपिट भएको हो । भट्टका छोरा नवीनले स्थानीय प्रेम विष्टले मदिरा सेवन गरेर आमामाथि कुटपिट गरेको बताए ।

dirghayi clinic

उनका अनुसार आपसी लेनदेनको विषयमा लामो समयदेखि विवाद रहेकोमा मंगलबार जिल्ला प्रहरी कार्यालयमा विष्टसँग मिलापत्र गर्दै अबदेखि विवाद नगर्ने सहमति भएको थियो तर मिलापत्र भएको भोलिपल्टै भट्टमाथि कुटपिट भएको हो ।

Anant bahu travels

उनका अनुसार भट्टकी बहिनी नाता पर्नेसँग हिसाबका बारेमा कुराकानी भइरहेका बेला एक्कासी आएर विष्टले उनीमाथि इँटा प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टले आपसी विवादका क्रममा महिलामाथि इँटा प्रहार गरेको पाइएको जनाएको छ। ​

पीडित महिलाको टाउकोमा चोट लागेको छ । उनको धनगढीको स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। महिलामाथि कुटपिट गर्ने विष्टलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जनाएको छ। विष्टलाई हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Himal dental
सम्बन्धित
Loading...