ghar sansar

बलात्कार मुद्दाका आरोपित एमाले निकट युवा संघका नेता विरुद्ध ज्यान मार्ने उद्योगमा अर्को उजुरी

little buddha academy
khasi

महेन्द्रनगर । जबरजस्ती करणी आरोप जाहेरी परेका एमाले निकट राष्ट्रिय युवा संघका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य अमर सिह रानामाथि प्रहरीमा अर्काे उजुरी पनि परेको छ । बलात्कार मुद्दामा आरोपित राना विरुद्ध ज्यान मार्ने उद्योगमा बुधबार बेलौरीस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको हो ।

लालझाडी गाउँपालिका ३ नन्दगाउँका ४८ वर्षीय रोहित बडायकले राना र अर्का इन्द्र राना विरुद्ध ज्यान मार्ने उद्योगमा इलाका प्रहरी कार्यालय बेलौरीमा उजुरी दिएका हुन् ।

,orning glory badhai

जिल्ला प्रहरी कार्यालयमा आरोपित राना विरुद्ध जाहेरी दिने २२ वर्षिया किशोरीलाई सहयोग गरेको भन्दै उनलाई बाटो ढुकेर राना सहित दुई जनाले निर्घात कुटपिट गरेको प्रहरीमा दर्ता गरिएको उजुरीमा उल्लेख गरिएको छ ।

रानाले महेन्द्रनगरबाट घर फर्किँदै गरेको अवस्थामा स्थानिय साथी ईन्द्र राना सहितलाई साथमा लिएर आफूलाई कुटपिट गरिएको बताए ।

dirghayi clinic

“म महेन्द्रनगरदेखि घर फर्किंदै थिए एक्कासी बाटोमा अमरसिंह र ईन्द्रले मलाई रोक्न भने, म रोके त्यसपछि गाउँमै मिलाउन भन्दा भन्दै जिल्ला लगेर बलत्कारको मुद्दा दर्ता गर्न किन सघाएको ? भन्दै एक्कासी म माथि खनिए ।’

लौरा र मुक्काले निर्घात कुटपिट गरी घाइते बनाएका उनलाई स्थानीयले उद्धार गरी बचाएका थिए । कुटपिटपछि तत्काल इलाका प्रहरी कार्यालय शंकरपुर गएर उजुरी दिए पनि प्रहरीले पक्राउ गर्न नमिल्ने जवाफ दिएपछि उनी फर्किएका थिए ।

प्रहरीको शंकरपुर इलाका प्रहरी कार्यालयले पक्राउ गरी कारवाही गर्न नसक्ने भएपछि पीडित रानाले बेलौरी आएर उजुरी दिएका छन् । बेलौरी प्रहरीले यसबारे जानकारी दिन अस्वीकार गरी जिल्ला प्रहरी कार्यालयबाट जानकारी लिनु पर्ने जवाफ दिएको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीका ईन्चार्ज प्रहरी निरिक्षक गौरी प्रसाद जोशीले रोहित बडायकको मुद्दा दर्ता सम्बन्धि बुझन खोज्दा उनले आधिकारिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालयका प्रवक्तासित जानकारी लिन आग्रह गु गरे ।

आरोपित रानालाई यसबारे जानकारी लिन उनको ९८००६४१३५४ ÷९८६५९०५४४८ नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क भएन ।

Himal dental
सम्बन्धित
Loading...