ghar sansar

प्रधानमन्त्री जिम्मेवारी नभएका कारण निरन्तर विश्वविद्यालयमा तालाबन्दी लगाउने काम भयो : साँसद भट्टराई

khasi

महेन्द्रनगर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं जिम्मेवार नभएका कारण ती दुवै विश्वविद्यालयमा निरन्तर रुपमा तालाबन्दी लगाउने काम भएकाले त्यसलाई हटाउन सरकारले ढिलाइ गर्न नहुने बताइन् । ’नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी निरन्तर छ ।

dirghayi clinic

तालाबन्दी संस्कृतिले आम विद्यार्थी निरास छन् । शिक्षा लोकतन्त्रको पूर्वसर्त हो । लोकतन्त्र शिक्षा र विवेकशील नागरिक लोकतन्त्रमा मानक हुन् । तर यो कुराप्रति सरकार जिम्मेवार देखिएको छैन,’ उनले भनिन्, ’तालाबन्दी संस्कृति अन्त्य गरी विश्वविद्यालयहरूको प्राज्ञिक संस्कृतिका लागि दलहरू प्रतिबद्ध हुन नसक्दा सरकार सम्बद्ध दल आबद्ध विद्यार्थी संगठनहरूले तालाबन्दी गरेको सार्वजनिक समाचार आइरहेका छन् ।’

विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रको रूपमा विकास गर्न सरकार अगाडि बढ्नुपर्ने सांसद भट्टराईको भनाइ छ । प्रधानमन्त्रीले कूलपतिको हैसियतमा बोलेका कुराहरू व्यवहारमा लागू गर्नुपर्ने उनले बताइन् ।

’विश्वविद्यालयहरूमा भएको तालाबन्दीको जिम्मेवारी शिक्षामन्त्रीले लिन नसकेका कारण आज प्राज्ञिक क्षेत्र आन्दालनको केन्द्र बनेको छ । प्राज्ञिक वातावरण बनाउन कूलपति, उपकुलपतिबीच साझा धारणा बनाउन नसक्दा आज विश्वविद्यालयमा यस्ता खालको अवस्था सिर्जना भएका छन्,’ उनले भनिन्, ’विद्यार्थीको जायज माग सम्बोधन गरी तालाबन्दी खुलाउने काममा लाग्न म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद भट्टराईले सत्ता पक्षकै विद्यार्थी संगठनले विश्वविद्यालयलाई तालाबन्दी संस्कृतिको केन्द्र बनाएको आरोप लगाइन् ।

Himal dental
सम्बन्धित
Loading...