ghar sansar

बैतडीको तल्लो स्वराडमा चितुवा आक्रमणबाट किशोरी गम्भीर घाइते

महेन्द्रनगर । बैतडीमा बिहीबार चितुवाको आक्रमणबाट तल्लोस्वराडमा एक किशोरी गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका ३ बगरेठीकी १७ वर्षीय पूजा लुहार रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

बिहीबार मध्यान्ह साढे १२ बजेतिर घरनजिकै रहेको बगरेठी भन्ने ठाउँमा घाँस काट्न गएकी पूजालाई चितुवाले आक्रमण गरेको हो ।

चितुवाको घाँटीमा आक्रमण गरेको र उनको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक खत्रीले बताए। घाइते पूजालाई उपचारको लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली ल्याइएको छ ।

चितुवाले किशोरीमाथि आक्रमण गरेपछि त्यसक्षेत्रका नागरिक त्रसित भएका छन्।

Himal dental
सम्बन्धित
Loading...