होली ग्रुफ अफ स्कुलका सबै विद्यालयले मनाए अन्तर्राष्ट्रिय साक्षरता दिवस

महेन्द्रनगर । होली ग्रुफ अफ स्कुल आवद्ध विद्यालयहरुले शुक्रबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय साक्षरता दिवस  मनाएका छन् ।

होली फेमली इङ्गलिश मिडियम स्कुल, अमरावती एकेडेमी, होली टेम्पल इङ्गलिश मिडियम स्कुल, ब्रह्मदेब चिल्ड्रेड एकेडेमी र ज्ञानोदय पब्लिक एकेडेमीले दिवस मनाएका छन् । ब्रह्मदेब चिल्ड्रेन एकेडेमीले ब्रह्मेदब र अन्यले भीमदत्त नगरपालिका ६ कालिका टोलस्थित भूतपूर्व सैनिक सहकारी संस्थाको प्राङ्गणमा दिवस मनाएका हुन् ।

कालिका टोलस्थित सहकारी प्राङ्गणमा गरिएको कार्यक्रममा सहकारीका अध्यक्ष महाबीर चन्द प्रमुख अतिथि थिए । होली ग्रुफ अफ स्कुलका संस्थापक चेयरमेन भुपाल सिह विष्टको अध्यक्षतामा गरिएका कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, स्थानीय लगायतका सहभागी भए ।

होली ग्रुफ स्कुलले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल शिक्षा दिवसको अवसरमा बर्सेनी कार्यक्रम गरी मनाउँदै आएको छ । कार्यक्रममा सबै विद्यालयका विद्यार्थीहरुले साँस्कृति प्रस्तुती सहित सडक नाटक, वक्तृत्व लगायतका कला प्रस्तुत गरेका छन् । उनीहरुले कार्यक्रममा देउडा समेत खेलेर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरे ।

विहान दिवसको नारा सहित लेखिएका विभिन्न प्लेकार्ड बोकेर वडा नं. ६, ७, ८ का विभिन्न टोल वस्तीमा प्रभातफेरि गरिएको थियो । प्रभातफेरि कालिका टोल पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भूतपूर्व सैनिक सहकारी संस्थाका अध्यक्ष चन्दले कार्यक्रम स्थानीयलाई शिक्षाको महत्व फैलाउन फलदायी भएको बताए ।

‘विद्यालयले यो धेरै कार्यक्रम गरेको छ, अहिलेको समयमा शिक्षा भन्दा ठूलो अर्को केही छैन’ उनले भने,‘यसले हामी सबै स्थानीयलाई शिक्षाको महत्वबारे जानकारी भएको छ, जनचेतना पुगेको छ ।’

होली ग्रुफ अफ स्कुलका संस्थापक चेयरमेन विष्टले विद्यालयले कार्यक्रमका शिक्षाको महत्वबारे जानकारी दिँदै अहिलेको समय शिक्षा नै बलबान भएको बताए ।

अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको भनाई उल्लेख गर्दै उनले भने,‘शिक्षामा कति शक्तिशाली छ भन्ने कुरा नेल्सन मण्डलाको भनाईबाट स्पष्ट हुन्छ, वहाँले कसै देशलाई बर्बाद गर्न छ भने केही नगर्नु होस त्यो देशको शैक्षिक क्षेत्र धरायशी बनाउनु होस भन्नु भएको थियो, यसले नै शिक्षाको कति महत्व छ भन्ने कुरा थाह हुन्छ ।’

सरंस्थापक चेयरमेन विष्टले होली ग्रुफ अफ स्कुलले शिक्षा सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउने गरिएको उल्लेख गर्दै स्थानीय सबैबाट साथ साहयोग पाएकोमा आभार व्यक्त गरे ।

कार्यक्रममा सहकारीका व्यवस्थापक भोजराज भट्ट, होली ग्रुफ अफ स्कुलका असिसटेन्ट मेनजेर महादेब भट्ट लगायतले आ–आफ्नो धारणा राखे ।

होली फेमली स्कुलका शिक्षक हरिश ठगुन्नाले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा होली फेमलीका प्रिन्सिपल खडक सिह विष्ट, अमरावतीका प्रिन्सिपल महादेब विष्ट, ज्ञानोदयका गौरीदत्त भट्ट र होली टेम्पलका राजेन्द्र विष्ट सहभागी भएका छन् ।

ब्रह्मदेब चिल्ड्रेन एकेडेमीले ब्रह्मदेबमा प्रभातफेरि लगायतका कार्यक्रम गरी दिवस मनाएको असिटेन्ट मेनेजर भट्टले जानकारी दिएका छन् ।

 

 

सम्बन्धित
Loading...