

महेन्द्रनगर । नेपाल तरुण भीमदत्त नगरपालिका वडा नं. ५ का उप सभापति रमेश खडका सहित सदस्यमाथि साँघातिक आक्रमण भएको छ ।

तरुण दलका भीमदत्त नगर समितिका सभापति शरद चन्दका अनुसार उप सभापति खड्का सहित सदस्यहरु पुस्कर सिह ठकुराठी,करन खडका,गणेश ओखेडा लगायतकमाथि बिहीबार साँझ आक्रमण भएको हो ।

नगर सभापति चन्दले शुक्रबार साँझ आक्रमणमा संलग्न सबैको खोजी गरी कारवाही गर्न माग गरेका छन् । उनले आक्रमणबाट गम्भीर घाइते खड्का सहित सबैको स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले आक्रमणमा संलग्नको परिचय खुलाएका छैनन् ।

