सरकारी रकम हिनामिना मुद्दामा फरार माओवादी केन्द्रका नेता विष्ट पक्राउ, कारागार चलान

lotus institute

महेन्द्रनगर । सरकारी रकम हिनामिना मुद्दामा फरार माओवादी केन्द्रका नेता पक्राउ परेका छन् । विशेष अदालत काठमाण्डौले दोषी ठहर गरी सजाय तोकेका भीमदत्त नगरपालिका ३ का कर्ण बहादुर विष्टलाई बिहीबार पक्राउ गरिएको हो ।

Mahendranagar

अदालतले विष्टलाई २०७९ चैत २८ गते सरकारी रकम हिनामिना मुद्दमा दुई वर्ष ६ महिना कैद र १५ लाख ९१ हजार जरिवना भराउने फैसला गरेको थियो ।

morning glory

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले विष्टलाई उनको घर नजिकबाट पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएका विष्ट कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भान बहादुर चन्द नेतृत्वको टोलीले विष्टलाई पक्राउ गरेको हो ।

saark school
सम्बन्धित
Loading...