ghar sansar

कञ्चनपुरका हेमराजले पाए हेल्थ अवार्ड

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालय डोटीका भेक्टर कन्ट्रोल निरीक्षकका हेमराज जोशीले हेल्थ अवार्ड पाएका छन् ।

सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा झण्डै तीन दशक कार्यरत जोशीलाई किटजन्य रोगको निरोध, नियन्त्रण र निवारणमा पुगाएको योगदानका लागि शुक्रबार काठमाडौंमा स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले जोशीलाई अवार्ड प्रदान गरे । जोशी सहित स्वास्थ्यका क्षेत्रमा योगदान पुगाउने १३ जनालाई अवार्ड प्रदान गरिएको छ ।

dirghayi clinic

३३ वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत भीमदत्त नगरपालिका १८ का जोशीले २९ वर्ष सुदूरपश्चिमको स्वास्थ्य सेवामा बिताएका छन् । यो अवधिमा जोशी आफंैले पनि किटजन्य रोगका महामारी झेलेको सुनाउँछन् ।

जोशीलाई किटजन्य ती महामारी न्यूनतम क्षतिमै नियन्त्रण गर्न सफल हुनुमा उनको लगनशिलता र सक्रियताको ठूलो भूमिका भएको उल्लेख गरिएको छ ।

स्वास्थ्य खबर पत्रिकाले स्वास्थ्य मन्त्रालयको साझेदारीमा हरेक वर्ष हेल्थ अवार्ड प्रदान गर्दै आएको छ । यस वर्षको अवार्ड ’दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहेको छ ।

यसैगरी जोशी सहित हुम्लाकी नर्स सुस्मिता बोहरा, बर्दिया अस्पतालका डा. विश्वनाथ शाह, आनन्दवन अस्पताल ललितपुरका डा. महेश साह, धनसिंहपुर स्वास्थ्य चौकी टीकापुर, कैलालीका केबलसिंह सार्की, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, नेपाल प्रहरी अन्तर्गतको आसरा सुधार केन्द्र, स्वर्गद्वारी नगरपालिका, भलुवाई स्वास्थ्य चौकी सिरहाकी अनमी जुही खातुन, जर्मनीका डा आर्ने ड्र्युज, बेलायतकी डा सेर्ली हेउड, हेल्थ इन्भाएरोमेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसनका महेश नकर्मी र ताप्लेजुङकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका शर्मिला लिङ्देनले अवार्ड पाएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...