ghar sansar

फुटबल समेत मागेर खेलाउनु पर्ने बाध्यतामा छ कञ्चनपुर जिल्ला फुटबल संघ

khasi

महेन्द्रनगर । कञ्चनपुर जिल्ला फुटबल संघलाई फुटबल हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख किशोर कुमार लिम्बूले कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रमेश चन्दलाई फुटबल हस्तान्तरण गरेका हुन् ।

dirghayi clinic

कञ्चनपुर फुटबल संघका महासचिव नितेश रावलका अनुसार नगर प्रमुख लिम्बुले १५ थान फुटबल महेन्द्रनगर स्थित खुलामञ्चमा प्रशिक्षणमा रहेका खेलाडी र खेलकुद बिकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले फुटबल हस्तान्तरण गरेको बताए ।

फुटबल हस्तान्तरण कार्यक्रममा कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रमेश चन्द, केशब चन्द महासचिव नितेश रावल, कञ्चनपुर जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सहायक महासचिव भिमबहादुर थापा, कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य दिपक बोहरा, एन्फा प्रशिक्षक पुष्कर शाही लगायत खेलाडी सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...