ghar sansar

नेपाल ईटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा बुडाल चयन

khasi

महेन्द्रनगर । नेपाल ईटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेशको धनगढीमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट बलदेब सिह बुडाल अध्यक्षमा चयन भएका छन् ।

dirghayi clinic

अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष टेक बहादुर बोहरा ,उपाध्यक्ष मुक्ति सुवेदी, महासचिव भरत विष्ट, कोषाध्यक्ष सुरज श्रेष्ठ , सदस्यहरु तेज भण्डारी र करन सिह धामी चयन भएको नव निर्वाचित कोषाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।
सुदूरपश्चिम् प्रदेशको कैलाली र कञ्चनपुमा एक सय भन्दा बढी ईटा उद्योग सञ्चालन छन् ।

संघको तदर्थ समिति संयोजक विनोद शाहको सभापतित्वमा गरिएको कार्यक्रममा सुदूरपश्चिम् प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी,विशिष्ट अतिथि नेपाल ईट्टा उद्योग महासघंका केन्द्रिय अध्यक्ष शंकर चन्द लगायत सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...