ghar sansar

दैजी छेला औद्योगिक क्षेत्रमा थपिएका रुख कटानको पनि छिटो टुङ्गो लाग्ने, यस वर्ष रुख कटान भएर अर्को वर्षसम्म औद्योगिक क्षेत्र सञ्चालन कार्य थालिने अपेक्षा

little buddha academy
khasi

महेन्द्रनगर । दैजी छेला औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआए) गरिएपछि थपिएका रुखहरुको व्यवस्थापन टुङ्गो लगाउने गरी कार्य अघि बढेको छ । इआएपछि औद्योगिक क्षेत्रमा थपिएका १५ हजार रुखका कारण अन्य रुख कटान हुन नसकेर औद्योगिक क्षेत्र निर्माण अघि बढाउन समस्या आएको हो ।

सरकारले औद्योगिक क्षेत्र बनाउने घोषणा गरेपछि दैजी छेला औद्योगिक क्षेत्रमा झण्डै १० वर्ष अघि २५ हजार ९ सय ७८ रुखको इआए गरिएको थियो । इआए गरिएको लामो समयपछि रुख कटान हुन नसकेपछि त्यस क्षेत्रका अन्य साना विरुवा(पोल) बढेर १५ हजार बढी पुगेका छन् । इआए गरिएका सहित अहिले औद्योगिक क्षेत्रमा ४३ हजार रुख छपान गरिएका छन् ।

,orning glory badhai

इआएमा समावेश नभएका १५ हजार बढी विरुवालाई इबीएम गरी व्यवस्थापन गर्ने गरी रुख कटाउन टुङ्गो लगाउन थालिएको हो । यस अघि बढेका रुखको पुनः इआए गर्ने किन नगर्ने भनेर अन्यौल देखिएको थियो । इआए संशोधन प्रक्रियामा जाँदा औद्योगिक क्षेत्र सञ्चालन कार्यमा ढिलाई हुने भएकाले इबीएम गर्न थालिएको हो ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले औद्योगिक क्षेत्रमा इआएपछि थपिएका रुखको व्यवस्थापनका लागि बालाजु औद्योगिक क्षेत्र लि. को नेपालगञ्ज कार्यालयबाट कर्मचारी रुख कटान टुङ्गोमा पुगाउने गरी आएर काम गरि रहेको बताए ।

‘इआए गरेपछि रुख छपान गरेर कटानुमा जानु पर्ने थियो, त्यो हुन सकेन । त्यसो नहुँदा त्यस बेलाका साना रुख बढेर ठूला भएका छन्, ती अहिले १५ हजार हाराहारी छन्, तिनको पनि छपान भई सकेको छ,’ मेयर बोहराले भने,‘यस अघि ती रुख पुनः इआए गर्ने नगर्ने भन्ने थियो, अब बालाजु औद्योगिक क्षेत्रबाट कर्मचारी आएर ती रुखको कटानमा जाने गरी कार्य अघि बढेको छ ।’

मेयर बोहराले थपिएका रुखको व्यवस्थापन टुङ्गो लागेपछि मन्त्रिपरिषद्बाट कटान आदेश लिएर रुख कटान गरी औद्योगिक क्षेत्र सञ्चालनको ठेक्का प्रक्रियामा जाने बताए ।

dirghayi clinic

‘अहिले समस्या नै थपिएको रुखको हो, त्यो व्यवस्थापन लाग्ने बित्तिक्कै मन्त्रिपरिषद्बाट रुख कटान आदेशको निर्णय भएर कटान हुन्छ, यस वर्षभित्र रुख कटान भए अर्को वर्षदेखि ठेक्का प्रक्रियामा जान सकिन्छ’ उनले भने ।

मेयर बोहराले थपिएका रुखको छिटो व्यवस्थापनका लागि नगरपालिकाले बालाजु औद्योगिक क्षेत्र र डिभिजन वन कार्यालयसित पटक पटक समन्वय गरि रहेको बताए ।

अहिले थपिएका रुखको व्यवस्थापनका लागि बालाजु औद्योगिक क्षेत्र लि. नेपालगञ्ज कार्यालयका धर्मराज उपाध्यक्ष आएका छन् । उनले डिभिजन वन कार्यालयसित यसबारे छलफल गरेको वन कार्यालयका कर्मचारी बताउँछन् ।

सरकारले २०५२ मा प्रस्ताव गरिएको औद्योगिक क्षेत्र २०७२ मा चार किल्ला तोकी ९ सय बिघा क्षेत्रफलमा क्षेत्र बनाउने निर्णय गरेको थियो ।

२०७७ फागुन १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । त्यसपछि औद्योगिक क्षेत्रमा रुख छपान कार्य थालिएको थियो ।

औद्योगिक क्षेत्र शिलान्यासपछि अहिलेसम्म जडेपानीमा सम्पर्क कार्यालय खोलिएको छ । कार्यालय खोलिए पनि अहिले कर्मचारी व्यवस्थापन हुन नसकेपछि उद्घाटनपछि कार्यालय सञ्चालन हुन सकेको छैन ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले रुख छपान भएर कटान प्रक्रिया जाने गरी तयारी थालिएको बताए ।

वेदकोट नगरपालिका २ र ३ नम्बर वडामा रहने यो औद्योगिक क्षेत्रको कूल लागत ९ अर्ब रुपैया अनुमान गरिएको छ । औद्योगिक क्षेत्रबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी २२ हजार जनाले रोजगारी पाउने अपेक्षा छ ।

Himal dental
सम्बन्धित
Loading...