ghar sansar

बेलडाँडीमा ढिलो आउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक

Amity

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकामा सोमबार निर्धारित समय भन्दा ढिलो आएका कर्मचारीलाई कार्यालय प्रवेश रोकिएको छ । गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले बिहान १० बजेसम्म कार्यालय पुगेका कर्मचारीलाई धन्यवाद दिँदै अन्यलाई प्रवेशमा रोक लगाएका हुन् ।

अध्यक्ष रानाका अनुसार बिहान १० बजेसम्म ४ जना माथिल्लो तहका कर्मचारी र ९ जना कार्यालय सहयोगी मात्रै कार्यालय पुगेका छन् । ढिलो आउने २३ जना कर्मचारीहरूलाई भने कार्यालय प्रवेशमा रोक लगाइएको हो ।

lotus institite

कर्मचारीका विषयमा सेवाग्राहीहरूको बारम्बार गुनासो आएको र प्रशासनले कर्मचारीलाई व्यवस्थापन गर्न नसक्दा कार्यालयको काम नराम्ररी प्रभावित भएपछि यस्तो कदम चाल्नु परेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष रानाले बताए ।

गाउँपालिका कार्यालयमा ढिलो आउने कर्मचारीहरूलाई पालिका अध्यक्षले कार्यालय प्रवेशमा रोक लगाउँदा गाउँपालिका कार्यालयको प्रायः सबै काम प्रभावित भएको छ । काम विशेषले आएका सेवाग्राहीहरू निराश भएर फर्किनु भएको छ ।

थोरै समय ढिला भएकोले कार्यालय प्रवेशमै रोक लगाउनु गलत भएको कार्यालय प्रवेश गर्न नपाएका कर्मचारीहरूको प्रतिक्रिया छ । कर्मचारीहरूलाई दण्डित गर्ने कार्य प्रमुख प्रशासकीय अधिकृतको भए पनि गाउँपालिका अध्यक्षले हस्तक्षेप गरेको भन्दै कर्मचारी असन्तुष्ट भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...