ghar sansar

एमाले कञ्चनपुरले नेम्बाङको निधनमा तीन दिन शोक मनाउने

Amity

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले उपाध्यक्ष सुभासचन्द्र नेम्बाङको निधनमा तीन दिन शोक मनाउन सबै पालिका कमिटीलाई निर्देशन दिएको छ । एमालेले मंगलबार सबै पालिका कमिटीलाई इन्चार्ज र अध्यक्षलाई भदौ २६ देखि २८ गतेसम्म शोक कार्यक्रम मनाउन निर्देशन दिएको छ ।

एमाले कञ्चनपुरका कार्यालय सचिव अर्जुन कार्कीले सबै पालिकामा शोक मनाउन निर्देशन दिइएको बताए । उनका अनुसार उपाध्यक्ष नेम्बाङको निधनमा तीन दिन उनको तस्बिर सहित पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने, पार्टी र भातृ संगठनका सबै कार्यक्रम स्थगित गर्ने तथा पालिका सहित सबै तहका पार्टी कार्यालयमा तीन दिन आधा झण्डा झुकाउने कार्यक्रम गर्न निर्देशन दिइएको छ ।

lotus institite

एमाले सचिव कार्कीले हस्ताक्षरित पत्रमा नेम्बाङ्गको निधनको खबरबारे जानकारी गराउन पर्दा पार्टीलाई धेरै पीडा भएको उल्लेख गर्दै नेम्बाङ्गप्रति श्रद्धाञ्जली र परिवारलाई समवेदना दिइएको छ ।

एमाले उपाध्यक्ष नेम्बाङको मंगलबार विहान हृदयघातबाट निधन भएको थियो । संविधान सभाका अध्यक्ष र पूर्व सभामुख नेम्बाङ्ग इलामबाट २०७९ को निर्वाचनमा निर्वाचित भएका थिए ।

यसैबीच एमाले कञ्चनपुुरले पार्टी कार्यालय मदन आश्रित सदनमा पार्टीको झण्डा आधा झुकाएको छ । पार्टी कार्यालयमा नेम्वाङ्गको निधनमा शोक पुस्तिका राखिएको छ ।

एमाले लेखा आयोगका सदस्य ईश्वरी प्रसाद खरेल लगायत नेता कार्यकर्ताले स्वर्गिग नेम्बाङ्गको तस्बिरमा माल्यापर्ण गरी श्रद्धाञ्जली दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...