नेम्बाङको निधनमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकका सबै कार्यक्रम स्थगित

महेन्द्रनगर । गृह जिल्ला आएका काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी हुने सबै कार्यक्रम स्थगित भएका छन् । एमाले उपाध्यक्ष सुभासचन्द्र नेम्बाङको निधनपछि काँग्रेसको क्षेत्रीय सम्मेलन सहितका सबै कार्यक्रम स्थगित गरिएका छन् ।

काँग्रेस केन्द्रीय सदस्य समेत रहेका लेखक बुधबार हुने काँग्रेस कञ्चनपुरको क्षेत्र नं. ३ को क्षेत्रीय सम्मेलन सहित कार्यक्रमका लागि गृह जिल्ला आएका हुन् । मंगलबार विहान महाकाली सिँचाई जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको कार्यक्रममा सहभागी उनले त्यसपछि सबै कार्यक्रम स्थगित गरेका छन् ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकलले सामाजिक सञ्जाल फेसबुकमा नेम्बाङ्गको निधनप्रति गहिरो दुःख र उच्च सम्मान व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

‘संविधान सभाका अध्यक्ष माननीय सुभासचन्द्रजीको अप्रत्याशित र असामयिक निधनको खबरले स्तब्ध तुल्यायो’ लेखकले भनेका छन्,‘वहाँको निधनमा गहिरो दुःख व्यक्त र उच्च सम्मान गर्दै क्षेत्रीय सम्मेलन लगायतका सबै कार्यक्रम स्थगित गरिएका छन् ।यसबाट साथीहरु र आयोजकहरुलाई भएको असुविधा र असहजताप्रति क्षमाप्रार्थी छु ।’

जलउपभोक्ता संघको कार्यक्रममा पनि लेखकले नेम्बाङ्गको निधनले नेपाली राजनीतिक क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए । जल उपभोक्ता संघ क्षेत्रीय समितिका सदस्य हेमराज भट्टका अनुसार लेखकले नेम्बाङ्ग प्रशंसा गरेका थिए ।

सम्बन्धित
Loading...