
–डा.केदार कार्की
यस वर्ष पूर्वी नेपालको सुनसरीबाट सुरु भएको डेंगु संक्रमण देशभर फैलिएर सरकारको काबुबाहिर गइरहँदा पश्चिम नेपालको पाल्पाबाट सुरु भएको स्क्रब टाइफस उत्तिकै चुनौतीपूर्ण बनिरहेको छ । यद्यपि, डेंगु संक्रमणको भयावह अवस्थाका कारण स्क्रब टाइफसले अधिकांश जिल्लालाई आक्रान्त पारे पनि मिडिया र आममानिसको ध्यानमा आएको छैन ।
स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले संक्रमित सूक्ष्म कीरा ९माइट०को टोकाइका कारण फैलिने रोग हो । यो कीरा मुख्यतया खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा प्रजातिमा पाइन्छ । यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ ।
नेपालमा भुइँचालो आएपछि बढी मात्रामा मुसा देखिन थालेको र त्यसको टोकोइका कारण मानिसहरू संक्रमित बन्दै गइरहेको छ । ‘सुरुमै उपचार गरेको खण्डमा सामान्य एन्टिबायोटिकले ठिक हुने तर उपचार ढिलाइ भएको अवस्थामा जटिल बन्ने गर्दछ, पछिल्ला वर्षमामा मृत्युदर घटे पनि संक्रमित हुनेको संख्या बढ्दोक्रममा छ ।’
बढीजसो समथर भागहरूमा बस्ने मुसा र घरवरपर बस्ने मुसामा किर्ना हुन्छ । ‘किर्नामा अण्डा, लार्भा, निर्खा, एडल, हुने गर्छन् । किर्नाको लार्भा ६ खुट्टे हुन्छन,’ त्यसले मानिसलाई टोक्न पुग्यो भने मानिसमा ब्याक्टेरिया हालिदिन्छ, जसका कारण स्क्रब टाइफसको संक्रमण हुने गर्छ ।’ अन्य कतिपय ब्याक्टेरिया काषिकाभन्दा बाहिर पनि बाँच्न सक्ने भए पनि यो भने कोषिकामा मात्र बाच्छन ।
गत वर्ष पनि स्क्रब टाइफस पाल्पाबाटै फैलिएको थियो । सन २०१७ मा यस रोगबाट ६ सय ७० जना संक्रमित भएकोमा ९ जनाको मृत्यु भएको थियो । त्यसैगरी, सन २०१८ मा बढेर १ हजार ९८ मा संक्रमण भएकोमा ४ जनाको ज्यान गएको थियो । सन २०१९ को ८ महिना अवधिमा ५ सय ५५ जनामा यसको संक्रमण भइसकेको छ भने ३ जनाले मृत्युवरण गरिसकेको महाशाखाको तथ्यांक छ । संक्रमितको संख्या अझै बढ्दै जाने विशेषज्ञहरूको भनाइ छ ।
पछिल्लो ८ महिनादेखिको तथ्यांकअनुसार स्क्रब टाइफसको सबैभन्दा बढी संक्रमण प्रदेश ५ मा २ सय २४ जनामा देखिएको छ । त्यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा ८ जनामा संक्रमण भएको पाइएको छ । त्यसैगरी, प्रदेश ३ मा १ सय ९१, सुदूरपश्चिममा ६१, गण्डकीमा ३९, प्रदेश २ मा २० र प्रदेश १ मा १२ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ – ९ जिल्लाइलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, धनकुटा
प्रदेश २ – ७ जिल्लासप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा
प्रदेश ३ – ११ जिल्लासन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, धादिङ, मकवानपुर, चितवन
गण्डकी प्रदेश – ८ जिल्लागोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, नवलपरासी पूर्व
प्रदेश ५ – १३ जिल्लागुल्मी, पाल्पा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, दाङ, बाँके, बर्दिया, नवलपुर
कर्णाली प्रदेश – ५ जिल्लासल्यान, सुर्खेत, जाजरकोट, कालिकोट, रुकुम पश्चिम
सुदूरपश्चिमाञ्चल प्रदेश – ७ जिल्लाबाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी
लक्षण र जटिलता
संक्रमति व्यक्तिलाई अत्यधिक ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, बेस्सरी टाउको दुख्ने, शरीरबाट पसिना आउने, शरीरका भागहरूमा स–साना बिमिरा देखिने, हल्का आँखा रातो देखापर्ने। सामान्यतया संक्रामक परजीवीले टोकेको ५ देखि १४ दिनको अवधिमा स्क्रब टाइफसको लक्षण देखिन थाल्छ । कसैकसैमा भने २० दिनपछि पनि लक्षण देखिन सक्ने चिकित्सकको भनाइ छ ।
स्क्रब टाइफस रोगको समयमै निदान तथा उपचार नभएमा मल्टिपल अर्गान फेल्योर ९विभिन्न अंगले काम गर्न छोड्नु०, निमोनियालगायत विभिन्न जटिलता उत्पन्न भई संक्रमितको मृत्यु हुने गर्छन ।
कसरी पत्ता लगाइन्छ ?
यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र सूक्ष्म कीराले टोकेको चिनोबाट पनि गरिन्छ । यसमा रगत परीक्षणसमेत गरिन्छ । यसअन्तर्गत लिभर फंक्सन टेस्ट, सिबिसी काउन्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षण समेत गरिन्छ । हाल देशका अधिकांश प्रभावित जिल्लाका अस्पतालहरूमा द्रुत परीक्षण किटका माध्यमले रोग पत्ता लगाउने सेवा उपलब्ध छ ।
कसरी बच्ने ?
सामान्यता मानिसले आफ्नो घरवरपर मुसा आउन नदिने वातावरण तयार गर्नुपर्छ । खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ । खुला चउरमा सुत्नुहुँदैन । संक्रमित मुसाले टोकेको खण्डमा लक्षण देखिनासाथ स्वास्थ्यसंस्थामा गएर उपचार सुरु गरि हाल्नुपर्छ ।
(लेखक सेवा निवृत्त वरिष्ठ पशु चिकित्सक हुन् ।)
