ghar sansar

भीमदत्तका मेयरको वडालाई तटबन्धका लागि दुई तीन करोड बजेट आउने दिइयो आश्वासन, तर आयो २५ लाख मात्रै

little buddha academy
khasi

महेन्द्रनगर । सरकारले चालु आर्थिक वर्षको बजेट ल्याएपछि ठूलो लगानीमा नदी नियन्त्रणको काम हुनेमा आशावादी बनेका भीमदत्त नगरपालिका २ का वडा अध्यक्ष उत्तम प्रसाद भट्ट अहिले निराश भएर दुखेसो मात्रै पोख्ने गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयबाट वडाका दुई नदी नियन्त्रणका लागि तीन करोडसम्म बजेट आउने आश्वासनले उनी सरकारको वार्षिक योजना किताब(रातो किताब) नआउँदासम्म ढुक्क भएर आशमा बसेका थिए । भीनपा २ मा बर्सेनी क्षति पुगाउँदै आएको भाँसी खोला र कनकट्टी खोलामा तटबन्ध निर्माणका लागि प्रधानमन्त्रीको सचिवालयबाट २÷३ करोड बजेट आउने आश्वासन दिइर्एको थियो ।

,orning glory badhai

प्रधानमन्त्रीको सचिवालयबाट बजेट आउने आश्वासन पाएका ढुक्क वडा अध्यक्ष भट्टले तटबन्धको माग लिएर कार्यालय आउने स्थानीयलाई रातो किताब आउँदासम्म पर्खिन आग्रह गरे । स्थानीयले पनि वडा अध्यक्ष भट्टको आग्रहलाई स्वीकार गरी रातो किताबसम्म आउन पर्खेर बसे ।

‘यो वडाका सबैभन्दा ठूलो समस्याको रुपमा यी दुई खोला छन्, वडाका ३३ टोलमध्ये अधिकाँश टोल यी दुई खोलाबाट पीडित छन्’ वडा अध्यक्ष भट्टले भने,‘यस वर्ष प्रधानमन्त्रीले तटबन्ध बनाउन बजेट दिने भनेपछि हामी सबै खुसी थियौ, रातो किताब आउँदासम्म कुरेर बस्यौ, रातो किताब आएपछि त्यो खुसी त्यसै हराएर गएको छ ।’

वडा अध्यक्ष भट्टका अनुसार दुई खोलामा तटबन्ध बनाउन प्रधानमन्त्रीको सचिवालयबाट आएको आश्वासन भन्दा धेरै कम बजेट तटबन्धनका लागि आएको छ । यस वर्ष यी संघीय सरकारले यी दुई खोलामा तटबन्ध गर्न २५ लाख रुपैँया विनियोजन गरेको वडा अध्यक्ष भट्टले बताए ।

‘करोड भनेर आशमा बस्यौ, आउँदा त २५ लाख मात्रै आएको छ, अब योले कुन ठाउँमा के गर्ने, कति तटबन्ध बनाउन भन्ने समस्या छ’ उनले भने,‘प्रदेश र स्थानीय तहबाट अन्य बजेट छैन, अब यो बजेट के गर्ने चिन्ता छ ।’

प्रधानमन्त्री दाहालका स्वकीय सचिव गोकर्ण भट्ट वडाका वासिन्दा भएकाले वडा अध्यक्ष भट्ट आश्वासन अनुसार बजेट आउनेमा ढुक्क भएका हुन् । दाहालका स्वकीय सचिव भट्टले नै उनलाई तटबन्ध निर्माणका लागि करोडौ बजेट आउन लागेको बताएका हुन् ।

‘प्रधानमन्त्रीका स्वकीयको वडा, वहाँले नै भनि सकेपछि ढुक्क नहुने त कुरा नै भएन’ उनले भने,‘यति ठूलो बजेट यो वडामा कहिले नि आएन, तर भने अनुसार बजेट नआएपछि त्यो खाली आश्वासन दिएको जस्तो अहिले लागेको छ ।’

संघीय सरकारले पहिलो पटक नदी नियन्त्रणका लागि ठूलो बजेट दिएपछि उनी स्थानीयले वर्षौदेखि उठाउँदै आएको माग पूरा हुने दिशामा जानेमा आशावादी थिए ।

चुरे पहाडबाट बगेर आउने यी दुई खोला नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारले वर्षौैदेखि काम गर्दै आएका छन् । प्रदेश र स्थानीय सरकारको बजेटले स्थानीय वासिन्दाको माग अनुसार तटबन्ध गर्न सकिने अवस्था नभएको भट्ट बताउँछन् ।

‘प्रदेश र स्थानीय सरकारको बजेटले काम त भएको छ, तर त्यो कस्तो भने धेरै सानो मात्रामा छ, कतिपय ठाउँमा यस वर्ष बनायो, अर्को वर्ष भत्किएर जाने समस्या छ’ उनले भने,‘त्यस कारण यस वर्ष संघ सरकारबाट ठूलो बजेट आएकाले समस्या हलको दिशामा जान सक्ने ठानेका थियौ ।’

सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष पनि दुई नदीमा तटबन्ध निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकार मातहतको जलस्रोत सिँचाई विकास डिभिजनले तटबन्ध निर्माणमा बजेट खर्च गर्ने छ ।

dirghayi clinic

चुरे पहाडबाट भएर बग्ने यी दुबै खोलाका कारण स्थानीयले बर्खे याममा सबैभन्दा बढी सास्ती खेप्दै आएका छन् । खोलाको बाढीले स्थानीयको खेती योग्य जमिन बर्सेनी कटान गर्दै लगेको छ । घर खेत कटान भएपछि केही परिवार विस्थापित भएका छन् । स्थानीयले नदी नियन्त्रणका लागि दैनिक जसो वडा कार्यालयमा माग लिएर आउने गरेको वडा अध्यक्ष भट्ट बताउँछन् ।

‘आज अहिले मात्रै कोही आएका छैनन्, नत्र म यहाँ बस्यो किन दैनिक जसो तटबन्ध निर्माणको माग लिएर वासिन्दा आउँछन्, दिनभरि वहाँहरुलाई सम्झाउनु, बुझाउनु र तटबन्ध निर्माणका लागि सम्बन्धित निकायसम्म जनताको माग राख्नमै जान्छ’ बुधबार कार्यकक्षमा वडा अध्यक्ष भट्टले भने ।

अहिले भीनपा २ राजनीतिक शक्ति र पहुँचका आधारमा सबैभन्दा बलियो वडाका रुपमा लिने गरिएको छ । प्रधानमन्त्री दाहालका स्वकीय भट्टदेखि परराष्ट्र मन्त्री एनपी साउँद र भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी यसै वडाका हुन् ।

मेयर बोगटीको काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवासित घरायशी नाता सम्बन्ध छ । यस बाहेक यो वडा काँग्रेस संसदीय दलका प्रमुख सचेतक कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश लेखकको निर्वाचन क्षेत्रभित्र पर्छ । मन्त्री साउँद र प्रमुख सचेतक लेखक दुबै काँग्रेस केन्द्रीय सदस्य छन् ।

भीनपा २ का वासिन्दाका लागि वर्षौदेखि समस्या बन्दै आएको यी दुई खोलामध्ये भासी खोला साँसद लेखकको घर छेउ भएर आउने गरेको हो । साँसद लेखक बेदकोट नगरपालिका ८ का वासिन्दा हुन् ।

एमाले र माओवादी केन्द्रले एक÷एक पटक यस वडाबाट स्थानीय तह÷स्थानीय निकाय निर्वाचन जितेका छन् । एमालेले २०५४ मा स्थानीय निकाय र माओवादी केन्द्रले २०७४ मा स्थानीय तह निर्वाचन जितेको थियो । त्यस बाहेक २०४९ र २०७९ मा काँग्रेसले दुई स्थानीय निर्वाचन जितेको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा मेयर बोगटी र वडा अध्यक्ष भट्टले अधिकाँश मत पाएका थिए । तीन हजार मतदाता भएको यस वडामा अध्यक्ष भट्टले एक हजार चार सय मत पाएका थिए । विद्यार्थी जीवनबाट राजनीतिमा आएका उनी काँग्रेसका वडा सभापति पनि हुन् ।

‘राजनीतिक पहँुचका आधारमा हे¥यौ भने यो वडा अरु भन्दा शक्तिशाली नै छ, बाहिरबाट हेर्दा यस्तै देखिन्छ’ वडा अध्यक्ष भट्टले दुखेसो पोख्दै भने,‘प्रधानमन्त्रीका स्वकीय छ, मेयर छन्, मन्त्री छन्, साँसद छन्, अरु नेता पनि छन्, तर हाम्रो हालत जस्तोको त्यस्तै छ ।’

वडा अध्यक्ष भट्टले सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल आर्थिक मामिला मन्त्री हुँदा वडाका लागि छुट्याएको बजेटले लाज जोगिएको बताउँछन् । ‘वहाँले मन्त्री हुँदा सडक कालोपत्रे सहितका लागि दिएको बजेटले लाज जोगिएको छ’ उनले भने ।

एकीकृत समाजवादीका नेता रावलको प्रदेश निर्वाचनको क्षेत्रमा पर्छ यो वडा । रावलको निर्वाचन क्षेत्रमा भीमदत्त नगरपालिका १२ र बेदकोट नगरपालिका एउटा वडा पर्छ ।

वडा अध्यक्ष निर्वाचित भएपछि तटबन्धका लागि सबै नेतासम्म धाउँदा पनि आशा पूरा हुन नसकेको उनी दुखेसो पोख्छन् । ‘जनता आएर वडालाई नै भन्छन्, हामीसित यसका लागि बजेट हुँदैन, नेताहरुलाई भन्छु, हुँदैन कोही भन्नु हुन्न, हुन्छ त भन्नु हुन्छ’ उनी भन्छन्,‘अब यो कहिले हुने केही थाह छैन ।’

भीमदत्त नगरपालिकाले बजेट कटौती गरी यस वर्ष वडालाई ६८ लाख मात्रै दिएको छ । गत वर्षको ९२ लाखबाट घटेर आएको यो बजेटले ३३ सबै टोल समेटन पनि मुस्किल भएको उनको भनाई छ ।

‘वडा भरि ३३ टोल छन्, भाग हाल्दा पनि दुई लाख पुग्ने अवस्था छैन’ वडा अध्यक्ष भट्टले भने,‘तटबन्ध बनाउने कुरा त वडाको बजेट सोच्न नसकिने अवस्था छ, तर वासिन्दा रात दिन आएर पीडा सुनाउँछन्, यो कुर्सीमा बस्न नि कति बेला त गाह्रो पो हुन लाग्यो ।’

Himal dental
सम्बन्धित
Loading...