ghar sansar

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

khasi

महेन्द्रनगर । सरकारले संविधान सभा अध्यक्ष सुभासचन्द्र नेम्बाङ्को निधनको शोकमा दिएको विदाका दिन सशस्त्र प्रहरी नायब उपरीक्षक सुदन आचार्यले भारतीय सीमावर्ती सहर वनबासामा सम्मान थापेर औपचारिक कार्यक्रममा सहभागी भएका छन् ।

सशस्त्र प्रहरीको प्रस्तावित गड्डाचौकीस्थित सशस्त्र प्रहरी बलका गुल्मपति आचार्यले कार्यक्रममा सहभागी भएर आफ्नो धारणा समेत राखेका छन् । उनी सशस्त्र प्रहरीको माथिल्लो निकायलाई जानकारी गराएर कार्यक्रममा सहभागी भए नभएको अझै खुलेको छैन् । सशस्त्र प्रहरीको माथिल्लो निकायलाई जानकारी नदिई सहभागी भए उनीमाथि कारवाही हुन सक्ने सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् ।

सशस्त्र प्रहरीको झलारीस्थित गणका एक अधिकारीले शोकका दिन प्रहरी कर्मचारीलाई विदेशको कार्यक्रममा पठाउने कुरा सोच्न नसकिने बताए ।

dirghayi clinic

भारतीय सीमावर्ती सहर वनबासास्थित शारदा सिचाँई विभागमा आयोजना गरिएको नेपाल भारत व्यापार सम्बन्ध सम्बन्धि छलफल कार्यक्रममा सहभागी भएर आचार्यले दुबै सीमा क्षेत्रमा दुबै देशका नागरिकका लागि सहज यात्रा बनाउनु पर्नेमा जोड दिएको सहभागीले बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक आचार्य सहितले खिचेको सामूहिक तस्बिर फेसबुकबाट सार्वजनिक भएका छन् । ती तस्बिरमा उनी खादा लगाएर उभिएको देखिएका छन् ।

सरकारको गृह मन्त्रालयले संविधान सभा अध्यक्ष नेम्बाङ्को निधनको शोकमा बिहीबार सार्वजनिक विदा दिएको थियो । सशस्त्र प्रहरी नायब उपरीक्षक आचार्य शोकको त्यहीं विदा दिनका सम्मान थाप्न पुगेका छन् । उनले विदेशका कार्यक्रममा सहभागी भएर शोक विदाको दिने मन्त्रालयको निर्णय आफैंले उल्लङ्घन गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...