ghar sansar

एनपी साउँद वास्ता नगरी विदेश उडेपछि आरक्ष पीडितले गरे धर्ना स्थगित, काठमाडौं गएर थापाले खुवाए जुस

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडितले माइतीघर मण्डलामा दिइरहेको धर्ना स्थगित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्र मन्त्री एनपि साउँद विदेश भ्रमणबाट फर्किएपछि बसेर छलफल गर्ने सर्तमा धर्ना कार्यक्रम स्थगित गरिएको हो ।

dirghayi clinic

संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभाका सांसद बहादुरसिँह थापा नेतृत्वको समूहले धर्नारत पीडित पक्षसँग यस्तो सहमति गरी आज धर्ना स्थगित गराएका छन् ।

,orning glory badhai

विभिन्न ६ सूत्रीय माग राखेर आरक्ष पीडित सङ्घर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्ट चार दिनदेखि माइतीघर मण्डलामा धर्नारत थिए ।

‘प्रधानमन्त्री र परराष्ट्र मन्त्री विदेश भ्रमणमा हुनु हुन्छ। उहाँहरू नआई छलफल हुन्न, त्यतिन्जेलसम्म धर्नामा व्यर्थै दुःख पाइन्छ भनेर माननीय(थापा)ज्युले भन्नुभयो,’ धर्नारत सङ्घर्ष समितिका अध्यक्ष चन्दले भने,‘उहाँहरू आएपछि छलफल गराएर निकासको बाटो खोजौला भनेपछि अहिले धर्ना कार्यक्रम रोकेका छौँ ।’

Himal dental
सम्बन्धित
Loading...