ghar sansar

आफ्नै नेताको निधनको शोकमा पनि एमालेका नेताले वनबासा पुगेर थापे सम्मान

khasi

महेन्द्रनगर । संविधान सभा अध्यक्ष सुभासचन्द्र नेम्बाङ्गको निधनको शोकमा दिईएको सार्वजनिक विदाका दिन भारतीय सहर वनबासा पुगेर एमालेका नेताले पनि सम्मान थापेका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघका सदस्यको हैसियतमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तेज बहादुर चन्द सहभागी भएका हुन् । कार्यक्रममा सहभागीको सार्वजनिक सामूहिक तस्बिरमा प्रदेश कमिटी सदस्य चन्दले खादा लगाएका छन् ।

संविधान सभा अध्यक्ष नेम्बाङ एमालेका उपाध्यक्ष समेत थिए । एमालेका २०७९ को निर्वाचनमा उनी इलामबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

dirghayi clinic

तीन दिन अघि निधन भएको नेम्बाङ्को निधनमा सरकारले बिहीबार सार्वजनिक रुपमा शोक विदा दिएको थियो ।

नेपालको संविधान २०७२ को निर्माणमा नेम्बाङले पुगाएको योगदानको कदर गर्दै सरकारले सार्वजनिक विदा दिएर राजकीय सम्मान साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

भारतीय सीमावर्ती सहर वनबासास्थित शारदा सिचाँई विभागमा आयोजना गरिएको नेपाल भारत व्यापार सम्बन्ध सम्बन्धि छलफल कार्यक्रममा चन्द सहित नेपाल बाणिज्य महासंघ, कञ्चनपुर उद्योग बाणिज्य संघ, सशस्त्र प्रहरी नायब उपरीक्षक सुदन आचार्य लगायतका सहभागी भएका छन् ।

गृह जिल्ला आएका काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले यस अघि नै आफ्नो सबै शोकका कारण आफ्ना सबै कार्यक्रम स्थगित गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...