ghar sansar

च्याउ टिप्न शुक्लाफाँटा निकुञ्ज पसेकी महिलाको गैंडाको आक्रमणमा परी मृत्यु

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । च्याउँ टिप्न निकुञ्ज पसेकी बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी ४२ वर्षीय बेलमती बुढाको गैडाको आक्रमणबाट शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

उनीसंगै अन्य दुई जना महिला पनि च्याउँ टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनीहरुले भागेर ज्यान जोगाएका छन् । निकुञ्ज अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिच ताल क्षेत्रमा महिलाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए ।

Himal dental
सम्बन्धित
Loading...