होली फेमली र होली टेम्पलले सुकासालमा मनाए बाल दिवस

lotus institute

महेन्द्रनगर । होली फेमली इङ्गलिश मिडियम स्कुल र होली टेम्पल इङ्गलिश मिडियम स्कुलले सुकासालमा ५९ औं राष्ट्रिय बाल दिवस मनाएका छन् ।

बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ महेश्वर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक देबेन्द्र चन्दको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा मनाइएको बाल दिवसमा विद्यार्थी, शिक्षक, अभिभावक लगायतका सहभागी भएका छन् ।

morning glory

विद्यालयबाट ब्यानर र प्लेकार्ड बोकेर सुरु भएको प्रभातफेरि सुकासालमा पुगेर कार्यक्रममा परिणत भएको छ । सिद्धनाथ अमर माध्यमिक विद्यालय गड्डाचौकीका पूर्व प्रधानाध्यापक एनडी भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा समाजसेवी पूर्व प्रहरी निरीक्षक खगेश्वर केसी र भीनपा १० का वडा सदस्य हर्कराज गिरी विशिष्ठ अतिथि थिए ।

कार्यक्रमका प्रमुुख अतिथि पूर्व प्रधानाध्यापक चन्दले अहिले पनि राज्यले बालबालिकाको हक अधिकारलाई पूर्ण रुपमा संरक्षण गर्न नसकेको चिन्ता व्यक्त गरे ।

बाल अधिकार सम्बन्धि कानुनमा १६ वर्ष उमेर नपुगेका बालबालिकाले श्रम गर्न नपाउने व्यवस्था भए पनि बालबालिका गरीबिका कारण बालश्रम गर्न बाध्य भएको धारणा चन्दको थियो ।

Mahendranagar

संस्था सञ्चालनका लागि अनुशासन सबैभन्दा महत्वपूर्ण भएको उल्लेख गर्दैै उनले होली फेमली स्कुलले त्यसलाई अनुशरण गरेकोमा प्रशंसा गरे ।
कार्यक्रमका विशिष्ठ अतिथि समाजसेवी केसीले शिक्षाको विकास हुन नसकेर समाज र देश सबैले दुःख पाउने भएकाले बालबालिकाको शैक्षिक अवस्था बलियो बनाउनु पर्ने आवश्यकता औंल्याए ।

होली ग्रुफ अफ स्कुलका एसिस्टेन्ट मेनेजेर महादेब भट्टले विद्यार्थीलाई स्वावलम्बी, अनुशासित र सक्षम नागरिक बनाउने लक्ष्य लिएर पठनपाठन गर्दै आएको उल्लेख गर्दै समय सापेक्ष गुणस्तर र प्रविधियुक्त शिक्षामा जोड दिइएको बताए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । उनीहरुले नाचगान, सडक नाटक, कविता वाचन लगायतका कार्यक्रम प्रस्तुत गरेका छन् ।

होली फेमली स्कुलका सहायक प्रधानाध्यापक विवेक ठगुन्नाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक हरिश सिह ठगुन्नाले गरेका थिए ।

यसैगरी होली ग्रुफ अफ स्कुलका अन्य विद्यालय ज्ञानोदय पब्लिक एकेडेमी, अमरावती एकेडेमी र ब्रह्मदेब चिल्ड्रेन एकेडेमीले पनि विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएका छन् ।

 

saark school
सम्बन्धित
Loading...