बेदकोटमा बाल दिवसको अवसर पारी वक्तृत्वकला प्रतियोगिता, घटाल माविकी अन्जु पनेरु प्रथम

महेन्द्रनगर । बेदकोट नगरपालिकाको सिसैयास्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा ५९ औं राष्ट्रिय बाल दिवसको अवसर पारी पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।

बेदेकाटको नगरपालिकाले स्विट नेपालको सहकार्य र केएनएचको सहयोग र भुवनेश्वरी माविको व्यवस्थापन प्रतियोगिता कार्यक्रम गरेको छ ।

बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा स्विट नेपालका अध्यक्ष अमिर तिरुवा विशिष्ठ अतिथि थिए । कार्यक्रममा बक्तत्वकला,सन्देश मुलक गीत सहित नृत्यहरु प्रस्तुत गरिए ।

विद्यालयका प्रधानाध्यापक रण बहादुर दौल्यालले स्वागत मन्तव्य राखेको कार्यक्रम बेदकोट नगरपालिका शिक्षा शाखाका प्रमुख मन्ज थापाले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा सामुदायिक र संस्थागत गरी १३ विद्यालयले भाग लिएका छन् । प्रतियोगितामा घटाल माध्यमिक विद्यालयका अन्जु पनेरु प्रथम स्थान हासिल गरेकी छन् ।

प्रतियोगितामा प्रथम द्वितीय, तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको स्वीट नेपालका कार्यक्रम मेनेजर अमित सुनारले जानकारी दिए ।

 

सम्बन्धित
Loading...