ghar sansar

शिक्षक महासंघले शिक्षा विधेयक विरुद्ध आन्दोलनका लागि यसरी उठाउँदैछ रकम

dirghayu ad
dirghayu clinic

महेन्द्रनगर । नेपाल शिक्षक महासंघ कञ्चनपुरले प्रस्तावित शिक्षा विधेयक विरुद्ध काठमाडौं केन्द्रित आन्दोलनका लागि विद्यालयका शिक्षक कर्मचारीबाट सहयोग संकलन गर्ने भएको छ । शिक्षक महासंघले कर्मचारी, बाल विकास, आधारभूत र माध्यमिक तहका शिक्षकबाट रकम तोकेर सहयोग संकलन गर्न लागेको हो ।

महासंघका अनुसार आन्दोलनका लागि विद्यालय कर्मचारी, बाल विकासका सबै शिक्षकलाई तीन÷तीन हजार रकम तोकिएको छ । यसैगरी आधारभूत तहका शिक्षकलाई ४ हजार र मध्यामिक तहका शिक्षकबाट ५ हजार सहयोग रकम तोकिएको हो ।

ratnam malkhad

सरकारले शिक्षा विधेयक संसदमा दर्ता गराएपछि शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । यस अघि मन्त्रीपरिषद्ले विधेयक संसदमा लैजाने निर्णय गर्दा शिक्षक महासंघ र निजी विद्यालयका सबै शिक्षक संगठन आन्दोलनमा उत्रिएका थिए । अहिले सामुदायिक विद्यालयका शिक्षक मात्रै आन्दोलनमा उत्रिएका हुन् ।

शिक्षक महासंघ जिल्ला आन्दोलन परिचालन समिति कञ्चनपुरले अगामी असोज ३ गतेदेखि काठमाडौं केन्द्रित हुने आन्दोलनमा सहभागिताका लागि सहयोग संकलन गर्न लागेको हो ।

शिक्षक महासंघ जिल्ला आन्दोलन परिचालन समितिको शनिबार बसेको बैठकले आन्दोलनमा सहभागी हुने निर्णय गरेको छ । शिक्षक ट्रेडको आपशी विवादका कारण कञ्चनपुरमा महासंघ भने औपचारिक रुपमा गठन हुन सकेको छैन । अहिले आन्दोलनका लागि सबै ट्रेड महासंघमा देखिएका हुन् ।

शिक्षक महासंघ जिल्ला आन्दोलन परिचालन समिति कञ्चनपुरका सह संयोजक गोबिन्द ढाँटले बाल विकास, विद्यालय कर्मचारी, राहत, अनुदान, स्थायी अस्थायी शिक्षक बिरोधी विधेयक बिरुद्धमा काठमाण्डौँमा हुने आन्दोलनमा सहभागिताका लागि पालिकालाई जिम्मेबारी दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...