ghar sansar

मर्निङ्ग ग्लोरीमा नव आगन्तुक विद्यार्थीलाई स्वागत

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ जानकीटोलस्थित मर्निङ्ग ग्लोरी सेकेन्ड्री स्कुलले कक्षा ११ का भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई औपचारिक कार्यक्रम गरी स्वागत गरेको छ ।

सुदुरपश्चिम विश्वविद्यालयका केन्द्रिय शिक्षा शास्त्र विभागका प्रमुख अर्जुन सिंह नेगीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक सहभागी भएका छन् ।

Anant bahu travels

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव बहादुर चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा एन–प्याब्सन कञ्चनपुरका अध्यक्ष झंकर राज जोशी, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार भोजराज भट्ट र ईश्वरी प्रसाद जोशी विशिष्ठ अतिथि थिए ।

dirghayi clinic

विद्यालयका प्राचार्य बलदेव भट्टले कार्यक्रम स्वागत गर्दै विद्यालयले राष्ट्रलाई चाहिने आवश्यक जनशक्ति उत्पादनलाई जोड दिएको उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दले विद्यालयप्रति अभिभावकले देखाएको विश्वास कहिल्यै पनि गुम्न नदिने प्रतिवद्धता गरे ।

विद्यालयका एकेडेमिक सहजकर्ता पृथ्वी राज भट्टले कार्यक्रम सञ्चालन गरे ।

 

Himal dental
सम्बन्धित
Loading...