
कञ्चनपुरमा ८० प्रतिशतले चलाउँछन् लागु औषध सेवन गरी सवारी, कानुनी दायरामा ल्याउने ट्राफिक प्रहरीको भनाई

महेन्द्रनगर । कञ्चनपुरमा ८० प्रतिशत सवारी चालक लागु औषध सेवन गरी सवारी चलाउने गरिएको पाइएको छ । ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयले मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर कञ्चनपुरको समन्वयमा गरेको सवारी जाँचमा लागु औषध सेवन गरी सवारी हाँकेको पाइएको हो ।
मन्त्र अस्पतालले उपलब्ध गराएका किट प्रयोग गरी २५ सवारी साधनको जाँच गरिएको थियो । त्यसमा ८० प्रतिशले लागु लागु पदार्थ सेवन गरिएको पाइएको हो ।

ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक नरेश विकले जानकारी सवारी जाँच गरिएकामध्ये ८० प्रतिशत व्यक्तिले लागुपदार्थ सेवन गरेर सवारी साधन चलाएको पाईएको जानकारी दिए ।
ट्राफिक प्रहरीले चाडपर्वलाई मध्यनजर गरी सवारी जाँच कडा बनाएको हो । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी जाँच अभियान थालिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले लागु औषध सेवन गरी सवारी चलाउने सबैलाई कानुनी दायरामा ल्याउने बताएको छ ।
