Sarsoti

सुप विश्वविद्यालय प्राध्यापक संघ अधिवेशनमा मतदान सकियो, ५२ मत खसे, केही समयपछि मत गणना हुँदै

lotus institute

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको दोस्रो अधिवेशनमा मतदान सकिएको छ । केन्द्रीय क्याम्पस जारी निर्वाचनमा ५२ मत खसेको छ । निर्वाचनका लागि ५५ जना मतदाताको नामावली सार्वजनिक भएको थियो ।

अधिवेशनबाट प्राध्यापक संघको नयाँ समितिका लागि ११ सदस्यीय निर्वाचित हुने छन् । ११ सदस्यका लागि १३ जना प्रतिस्पर्धामा छन् ।

morning glory

निर्वाचित सदस्यमध्ये प्राध्यापक संघको सभापति, उप सभापति, महासचिव, कोषाध्यक्ष र सदस्य गरी ११ सदस्यीय समिति चयन हुने छ ।

Mahendranagar

प्राध्यापक संघको निर्वाचनमा विश्वविद्यालयको केन्द्रीय क्याम्पस सहित सबै आङ्गिक क्याम्पसका प्रतिनिधि मतदाता छन् । यस अघि समितिको पहिलो कार्यकाल सर्वसम्मत रुपमा चयन भएको थियो ।

पहिलो कार्यकालमा उत्तम थापा सभापति चयन भएका थिए । थापाको तीन वर्षे कार्यकाल सकिएपछि गत फागुनमा सहमतिमा प्राध्यापक संघ बनाउन छलफल गरिएको थियो ।

फागुनदेखि थालिएका छलफल सार्थक हुन नसकेर समिति नहुने अवस्था आएपछि निर्वाचनबाट समिति चयन गर्न लागिएको हो ।

निर्वाचन समितिले केही समयपछि मतगणना सुरु गर्ने तयारी अघि बढाएको बताएको छ।

saark school
सम्बन्धित
Loading...