महेन्द्रनगरको मर्निङ्ग ग्लोरीमा आइएस्सी पढेका बेलडाँडीका विष्ट १९ वर्षमै अमेरिकाबाट पाइलट कोर्ष पढेर फर्किए
महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाका १९ वर्षिय सागर विष्ट अमेरिकाबाट पाइलट कोर्ष पूरा गरी घर फर्किएका छन् । महेन्द्रनगरस्थित मर्निङ्ग ग्लोरी स्कुलबाट आइएस्सी गरेका विष्टले अमेरिकाको अमेरिकाको बेईमेन एडिएसन शैक्षिक संस्थाबाट पाईलट कोर्स गरेका हुन् ।
अमेरिकाबाट घर फर्किएका विष्टलाई अहिले गाउँमा बधाई र सम्मान थाप्न भ्याई नभ्याई छ । स्थानीय सरकार र राजनीतिक दलले औपचारिक कार्यक्रम गरी उनलाई सम्मान गरि सकेका छन् । उनका आफन्त, नातेदार, शुभचिन्तक सबै उनलाई भेटेर वा फोनबाट बधाई दिइ रहेका छन् । विष्ट अध्ययन सकेर घर फकिएपछि खुसी परिवार स्थानीय सरकार सहित दलको सम्मान र स्वागतबाट दङ्ग भएका छन् ।
बेलडाँडी गाउँपालिकाले विष्ट सहित उनको घर परिवारलाई औपचारिक कार्यक्रम गरी सम्मान गरेको छ । उनी बेलडाँडीबाट पाइलट कोर्ष अध्ययन गर्ने पहिलो हुन् । विष्टका बुवा महेश उनी अध्ययन गरी घर फर्केपछि घर परिवार र आफन्तमा खुसीयाली छाएको बताउँछन् ।
बेलडाँडी गाउँपालिकाले विष्टलाई आफ्नो गाउँपालिकाको गर्व भन्दै सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले दोसल्ला ओढाएर सम्मान गरि सकेपछि भने,‘यस्तो छोरा जन्माउनु हामी सबैले गर्व गर्ने ठाउँ रहेको छ, म उज्ज्वल भविष्य कामना गर्दै सागर बेलडाँडी बासी सबैको प्रेरणा हुन् ।’
विष्टका बुवा महेश उनको चाहना अनुसार पाइटल बनाउन ठूलो मिहिनेत गर्नु परेको बताउँछन् । अहिले छोरा चाहना र आफ्नो मिहिनेत दुबै काम लागेकामा उनी खुसी व्यक्त गर्छन् ।
भीमलत्त नगरपालिका १६ वसन्तपुरस्थित प्रभात विद्या निकेतनबाट कक्षा १० उत्तीर्ण भएपछि उनले मर्निङ्ग ग्लोरीमा आइएस्सी अध्ययन गरेका हुन् । प्रभात विद्या निकेतनका अनुसार उनले कक्षा ३ देखि १० सम्म त्यहाँ अध्ययन गरेका हुन् । त्यस अघि उनले बेलडाँडीको नव ज्योतिमा कक्षा नर्सरीदेखि कक्षा २ सम्म अध्ययन गरेका थिए ।
विष्टलाई गाउँपालिकासंगै नेकपा माओवादी केन्द्रले पनि सम्मान गरेको छ । माओवादीले उनलाई ढाकाटोपी र दोसल्ला ओढाएर सम्मान गरेको छ ।
माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर शाहले विष्टले गरेको कोर्ष गाउँकै लागि गौरब विषय भएको भन्दै सबै जनता गौरवान्तित हुन पर्ने बताए ।
मोर्निङ्ग ग्लोरीका प्राचार्य बलदेब भट्टले पाइलट कोर्ष पूरा गरी घर फर्किएका विष्टलाई विद्यालयको तर्फबाट बधाई सहित शुभकामना दिएका छन् ।