सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा डा. चन्द निर्वाचित

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा डा. राजेन्द्र बीर चन्द निर्वाचिमहेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघको अध्यक्षमा डा. राजेन्द्र बीर चन्द निर्वाचित भएका छन् । प्राध्यापक संघको दोस्रो अधिवेशनबाट डा. चन्दको अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित भएको हो ।

समितिको उप सभापतिमा महेन्द्र बहादुर चन्द, महासचिव मान बहादुर चन्द, सचिव ईश्वर हमाल र कोषाध्यक्ष गिरिराज कडायत निर्वाचित भएका छन् ।

समितिको सदस्यमा इशा जोशी, धाना धामी,दान बहादुर मडै, राजेन्द्र प्रसाद जोशी, केशव बहादुर थापा र धन सिंह बिष्ट निर्वाचित भएका छन् ।

एकल संक्रमणीय समानुपातिक मत निर्वाचन प्रणालीका आधारमा भएको मतदानबाट ५२ मत खसेको थियो । विश्वविद्यालय केन्द्रीय क्याम्पसमा दिउँसो मतदान भएको थियो । संघको ११ सदस्यीय कार्य समितिका लागि १३ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

यस अघि संघको पहिलो समिति सर्वसम्मत चयन भएको थियो । यस पटक गत फागुनदेखि सर्वसम्मत बनाउने प्रयास गरिए पनि सफल नभएपछि आइतबार निर्वाचन भएको हो ।

सम्बन्धित
Loading...