ghar sansar

भीमदत्तको अमानतमा रोयल्टी संकलनमा कार्यपालिका सदस्यको व्यापक असन्तुष्टि, भन्छन् – यो सबैभन्दा ठूलो भ्रष्टाचार

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्यपालिका सदस्य पदमराज अवस्थीले महाकाली नदीको नदीजयन्तु वस्तुको आम्दानीमा भ्रष्टाचार गर्न अमानतामा राजश्व संलकन थालिएकोमा व्यापक असन्तुष्टि पोखेका छन् ।

भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष अवस्थीले सामाजिक सञ्जाल फेसबुकबाट अमानतबाट महाकाली नदीको रोयल्टी संकलन गर्न सबैभन्दा ठूलो भ्रष्टाचार भएको समेत उल्लेख गरेका छन् ।

भीमदत्त नगरपालिकाले यस वर्ष पनि अमानतबाट रोयल्टी राजश्व संकलन गर्न थालेपछि कार्यपालिका सदस्य अवस्थीले खलेर विरोध गरेका छन् । उनले नगरपालिकाको कार्यपालिका बैठकमा ठेक्का लगाउने विषयमा पटक पटक कुरा राख्दा पनि सुनुवाई नभएको दुखेको पोखेका छन् ।

‘भीमदत्त नगरपालिकामा विगतका कर्मचारीले कोरोनाको बेला समस्या परेको बेला कर छुट गरेर भ्रष्टाचारको मुद्दा लाग्छ भने अहिलेका कर्मचारीहरुले टेण्डर ननिकालेर अमानतमा काम गर्छन् भने यो सबभन्दा ठूलो भ्रगटाचार हो’ अवस्थीले भनेका छन्,‘चाँडो भन्दा चाँडो टेण्डर प्रक्रियामा जाँदा राम्रो, कार्यपालिका बैठकमा पटक पटक कुरा राख्दा सुनुवाई नभएपछि अमानतमा कर उठाउने कुरामा मेरो सहमत छैन ।’

dirghayi clinic

भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा अमानतबाट थोरै राजश्व संकलन गरेपछि यस वर्ष ठेक्कामा लगाउन दबाव दिइएको थियो । नगरपालिका कार्यालयका अनुसार अघिल्लो वर्षसम्म ५ करोड हाराहारी राजश्व संकलन गरिएकोमा गत वर्ष अमानतबाट एक करोड २० लाख मात्रै संकलन भएको छ ।

महाकालीको रोयल्टीमा दुई वर्षको राजश्वमा ठूलो अन्तर देखिएपछि अनियमितताको व्यापक आशंका गरिएको छ ।

नगरपालिका स्रोतका अनुसार राजश्व चुहावट गरी व्यक्तिगत लाभ लिन सकिने सबैभन्दा सहज बाटो अमानत भएकाले ठेक्का लगाउन सुरुदेखि आनाकानी गरिएको हो ।

‘पहिलो वर्ष त ठेक्का लगाउनु पर्छ पर्दैन भनेर पनि केही मतलब गरिएन, पछि विवाद आएपछि सोधीखोजी गर्दा इआए गरी यसु वर्ष लगाउने भनिएको थियो’ भीमदत्तका एक अधिकारीले भने,‘पहिलो वर्ष अमानत लगाएपछि यस वर्ष पनि खासै मतलब दिइएन, इआए गर्न ठेक्का त दिइएको छ, त्यो असोज सुरु हुँदासम्म तयार भएन ।’

महाकाली नदीको रोयल्टी ठेक्का लगाउन नसकेपछि भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी चौतर्फी आलोचनामा परेका छन् । उनले भीमदत्त नगरपालिकाको नेतृत्व सम्हालेपछि अमानबाट राजश्व संकलन गर्दै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...