ghar sansar

बेलडाँडीका प्रमुख प्रशासकीय अधिकृत अनुचित दबाव सहन नसकेर फर्किए समन्वय समिति

dirghayu ad

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी अनुचित दबाव सहन नसकेर जिल्ला समन्वय समिति फर्किएका छन् । जिल्ला समन्वय समितिबाट बेलडाँडी गएका उनी झण्डै डेढ वर्षमा समवन्य फर्किएका हुन् ।

बेलडाँडी गाउँपालिका गएको केही महिनापछि उनी जनप्रतिनिधि, राजनीतिक दल, व्यवसायी र पेशाकर्मीबाट अनुचित दबाव खेप्न थालेका थिए । ती सबै दबावको सामना गरी कार्यालयलाई ट्रयाकमा ल्याउने आशा पूरा हुने अवस्था नदेखेर उनी सरुवा भएर फर्किएका हुन् ।

ratnam malkhad

प्रमुख प्रशासकीय अधिकृत जोशीले कार्यालयमा जाने आफ्ना शुभचिन्तकहरुसंग कामकाज गर्न निकै अप्ठेरो भएको गुनासो गर्दै आएका थिए । गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना र उपाध्यक्ष शान्ति नाथको व्यक्तिगत लडाईले पनि प्रमुख प्रशासकीय अधिकृत जोशीलाई कामकाज गर्न अप्ठेरो परेको थियो । बेलडाँडीमा अध्यक्ष र उपाध्यक्षबीच निर्वाचित भएपछि दुबैको सम्बन्ध बिग्रिएको छ ।

गाउँपालिका उपाध्यक्ष नाथले उनलाई कार्यकक्ष फेरि दिएकी थिइन् । उनी आफू प्रशासकीय अधिकृतको कार्यकक्षमा सरेकी छन् ।

निजामती सेवामा लामो समय बिताएका जोशी एक वर्षपछि अनिवार्य अवकाशमा जाने भएका छन् । सोझा र इमान्दार कर्मचारीको छवि बनाएका उनी बेलडाँडीमा अनुचित दबाव सहन नसकेर हैरान भएको कर्मचारीहरु बताउँछन् ।

‘जसले जे भन्यो, त्यहीं गर्नु पर्ने, ऐन कानुन होइन, गरेन भने समस्या भै हाल्ने, यो अवस्था हो, जो पनि यस्तै गर्ने, वहाँले यस्ता कुरा हुन दिएन, सकेसम्म कानुन टेकेर अघि बढ्नु भयो, दबाव त आई राखे’ गाउँपालिकाका एक कर्मचारीले भने,‘अब जागिरको अन्तिमतिर भएकाले यस्तोमा बसेर लफडामा पर्न भन्दा सुरक्षित ठानेर सरुवा मागेर जानु भाको हो ।’

बेलडाँडीका निवर्तमान अध्यक्ष स्वर्गिय धन बहादुर थापाको कार्यकालमा अनुचित दबाव दिएर फाइदा लिनेको संख्या ठूलो थियो । अहिलेका अध्यक्ष रानाको सहयोगमा प्रमुख प्रशासकीय अधिकृत जोशीले त्यसलाई रोक्न प्रयास गरेका थिए । अध्यक्ष रानाले गाउँपालिकालाई आर्थिक रुपमा पारदर्शी बनाउन खोजेपछि उनी विरुद्ध पनि गाउँपालिकामा मोर्चाबन्दी भएको छ ।

बेलडाँडी गाउँपालिकाकाको प्रमुख प्रशासकीय अधिकृतमा समन्वय समितिका कृष्णानन्द जोशीलाई सरुवा गरिएको छ । चार महिना अघि प्रशासन कार्यालयबाट समन्वय पुगेका उनी अहिले बेलडाँडी सरुवा भएका छन् ।

प्रशासन सेवाका उनी स्थानीय तहका लागि नयाँ हुन् । संघीय मामिला मन्त्रालयका अनुसार तीन अधिकृत निवेदनका आधारमा सरुवा भएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...