ghar sansar

अवस्थीको एउटै फेसबुक पोस्टले भीमदत्तमा हल्लीखल्ली, मेयर र हाकिम पुगे धनगढी

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्यपालिका सदस्य पदमराज अवस्थीले महाकाली नदीको रोयल्टी अमानत संकलनमा असन्तुष्टि पोखेर मेयर पदम बोगटी प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीलाई लिएर धनगढी गएका छन् ।

भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष कार्यपालिका सदस्य अवस्थीले सोमबार विहान ८ः०० बजे फेसबुकमा अमानतमा रोयल्टी संकलन गर्ने कार्यको विरोध गर्दैै व्यापक असन्तुष्टि पोखेका हुन् । उनले अमानतमा रोयल्टी संकलन कार्यलाई सबैभन्दा ठूलो भ्रष्टाचारको संज्ञा दिएका छन् ।

,orning glory badhai

‘भीमदत्त नगरपालिकामा विगतका कर्मचारीले कोरोनाको बेला समस्या परेको बेला कर छुट गरेर भ्रष्टाचारको मुद्दा लाग्छ भने अहिलेका कर्मचारीहरुले टेण्डर ननिकालेर अमानतमा काम गर्छन् भने यो सबभन्दा ठूलो भ्रगटाचार हो’ अवस्थीले भनेका छन्,‘चाँडो भन्दा चाँडो टेण्डर प्रक्रियामा जाँदा राम्रो, कार्यपालिका बैठकमा पटक पटक कुरा राख्दा सुनुवाई नभएपछि अमानतमा कर उठाउने कुरामा मेरो सहमत छैन ।’

कार्यपालिका सदस्य अवस्थीले फेसबुकमा सार्वजनिक रुपमा अमानतको विरोध गरेपछि मेयर बोगटी र प्रमुख प्रशासकीय अधिकृत गौली धनगढीस्थित उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय गएका हुन् । उनीहरुले महाकाली नदीको नदीजन्य पदार्थको उत्खन्नका लागि वातावरणीय प्रभाव मूल्याङ्कन(इआए) का लागि मन्त्रालयका अधिकारीहरुसित कुराकानी गरेका छन् ।

भीमदत्त नगरपालिकाले गत फागुनमा ८ महिनामा सकिने गरी इआए प्रतिवेदन बनाउन परामर्शदाता नियुक्त गरेको थियो । परामर्शदाताले प्रारम्भिक प्रतिवेदन तयार गरे पनि अझै विस्तृत प्रतिवेदन बनाउन नसकेको नगरपालिकाका कर्मचारीहरु बताउँछन् ।

dirghayi clinic

मनत्रालयमा मेयर बोगटी र प्रमुख प्रशासकीय अधिकृत गौली दुबैले इआएका कारण ठेक्का लगाउन ढिलो हुने भएकाले गम्भीर हुन मन्त्रालयका अधिकारीहरुलाई आग्रह गरेका छन् । उनीहरुले इआए गर्न नसकिएका कारण गत वर्ष ठेक्का लगाउन नसकिएको पनि जानकारी दिएका छन् ।

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत गौलीले मन्त्रालयमा इआए सम्बन्धि कुराकानी भएको बताए । ‘इआए नभएसम्म ठेक्का लगाउन सकिदैन, अमानतमा उठाउने कुरा त राम्रो होइन, हामीले पनि त्यो चाहेका छैनौ’ उनले भने,‘आज त्यसैका लागि छलफल गर्न धनगढी आएका छौ, इआए भए छिटो भन्दा ठेक्कामा जान्छौ ।’

भीमदत्तले गत वर्ष अमानतमा राजश्व संकलन गर्दा ठूलो आम्दानी गुमेपछि मेयर बोगटी चौतर्फी आलोचनामा परेका छन् । अघिल्लो वर्षसम्म पाँच करोड राजश्व संकलन भएको महाकालीबाट गत वर्ष एक करोड २० लाख मात्रै संकलन भएको थियो ।

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले भने भीमदत्तले अमानबाट राजश्व संकलन गर्न थालेको भनेर गलत प्रचार गरिएको बताए । ‘अहिले हामीले कुनै घाट खोलेकै छैनौ, अमानतबाट राजश्व संकलन गरियो भनेर गलत प्रचार गरिएको छ’ उनले भने ।

प्रवक्ता खड्काले इआए प्रतिवेदन स्वीकृत भएर कार्तिकसम्म ठेक्का लगाउने गरी कार्य अघि बढेको बताए ।

Himal dental
सम्बन्धित
Loading...