ghar sansar

भारतीय राजदूतले गरे विद्यालय भवन उद्घाटन

डिल्लीराज पन्त

महेन्द्रनगर । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कञ्चनपुरमा नव निर्मित दुई विद्यालय भवनको उद्घाटन गरेका छन् । आईतवार बेलौरी नगरपालिका –९ रतनपुरमा रहेको पशुपति शिक्षा मन्दिर र भीमदत्त नगरपालिका– १० जिमुवामा रहेको सिद्धनाथ माविका लागि भारत सरकारको आर्थिक सहयोगमा निर्मित भवनको श्रीवास्तवले उद्धघाटन गरेका छन् ।

उनले भारत सरकारको अनुदान सहयोगमा नेपालका विभिन्न क्षेत्रमा पाँच सय भन्दा बढी विद्यालयका भवन निर्माण गरिएको बताउँदै आगामी दिनमा पनि भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भारतको सहयोगमा निर्माण भएका यी संरचनाहरूले नेपालका बालबालिकाहरूको शिक्षामा स्तरोन्नति हुनेमा आफू विश्वस्त रहेको बताउँदै भारतले नेपाललाई शिक्षा लगायत स्वास्थ्य, खानेपानी, भौतिक विकासका क्षेत्रमा समेत सहयोग गर्दै आएको वताएका छन ।

कञ्चनपुरको बेलौरी नगरपालिका ९ रतनपुरमा आयोजित औपचारिक कार्यक्रमबाटै बेलौरी नगरपालिका –९ को पशुपति शिक्षा मन्दिर र भीमदत्त नगरपालिका– १० जिमुवामा रहेको सिद्धनाथ मावि दुवै विद्यालयका भवनको उद्घाटन गरिएको हो ।

सिद्धनाथ माविको भवन ३ करोड ४९ लाख ९ सय ४५ रकम र पशुपति शिक्षा मन्दिरको भवन ३ करोड ७० हजार रकममा निर्माण भएको हो । भारत अहिले विश्वको तेस्रो आर्थिक शक्ति भएको राष्ट्रका रूपमा रहेकोले पनि आफ्नो विकाससँगै आफ्ना छिमेकी देशको विकासलाई पनि महत्त्वपूर्ण रूपमा हेरेको उनको दाबी छ ।

भारत सरकारले सुदूरपश्चिममा कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, डडेलधुराको शीर्ष र बैतडीको झुलाघाटमा मोटरेबल पुल बनाउने कुरामा जोड दिँदै राजदूत श्रीवास्तवले नेपाल–भारतबिचको सीमा विवादसमेत कूटनीतिक छलफलबाट समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

भारतिय राजदुतावास का सचिव करुण बन्सलद्धारा दुईटै विद्यालयलाई आर्थिक सहयोगका लागी कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुर लाई चेक हस्तान्तरण समेत गरिएको थियो । कार्यक्रमको अध्यक्षता समेत गरेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले भारतलाई सहयोगका लागि धन्यवाद दिँदै नेपाल–भारत बिचको सीमा विवादलाई जतिसक्दो छिटो समाधान गर्न आग्रह गरे ।

उनले बेलौरी लगायत यहाँका थुप्रै क्षेत्रमा सीमा विवादका कारण बाटो निर्माण हुन नसकेको कुरालाई जोड दिँदै सीमा समस्या छिटोभन्दा छिटो समाधानका लागि समेत पहल गर्न आग्रह गरे । २०७५ सालमा स्थापना गरिएको बेलोरीको पशुपति शिक्षा मन्दिरमा हाल निमावि सम्म कक्षा संचालनमा आएका छन भने ४ सय को हाराहारिमा विद्यार्थी सो विद्यालयमा अध्ययनरत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम सिंह साउदले बताए ।

हिन्दु स्वयंम सेवक संघ नेपाका राष्ट्रिय सह–सचिव हर्केश विष्ट तत्कालिन अवस्थामा स्थानिय समाजसेवि रघुविर शरण भट्टले स्कुलको नाममा ५ कट्टटा जग्गा निशुल्क उपलब्ध गराएका बताउदै भारत सरकारको सहयोगले ३ तले पक्की संरचना निर्माण भएको र यस क्षेत्रका गरिव परिवारका वालवालिका हरुले गुणस्तरिय शिक्षा पाईरहेको साथै हाल अंग्रेजी र नेपाली दुवै माध्यमवाट पढाई भईरहेको र यस विद्यालयलाई आगामी शैक्षिक सत्र वाट प्रविधिक शिक्षा तर्फ लैजान
का लागी पहल थालिने बताए ।

भारत सरकारले सुदुरपश्चिममा मात्रै नभई देशैभर शिक्षा र स्वस्थ्यक्षेत्रमा सहयाृग गर्दे आईरहेको छ । कार्यक्रममा राष्ट्रिय बौद्धिक प्रमुख प्रताप सिंह बुढा, राष्ट्रिय धर्म जागरण प्रमुख देवि भारती लगायत विभिन्न राजनितिक दल आवद्ध नेता का साथै कञ्चनपुरका स्थानिय तहका प्रमुख तथा उप प्रमुहहरुको सहभागिता रहेको थियो भने लोक संस्कृति झल्कने मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

सुदुरपश्चिमका विभिन्न जिल्लामा भारतिय दुतावासका माध्यम वाट स्कुल र अस्पतालका लागी भवन निर्माण मात्रै नभई निशुल्क दमकल, एम्बुलेन्स तथा स्कुल बस समेत सहयोग गर्दै आईरहेको छ । आर्थिक रुपमा सहयोग र अनुदान नेपालिहरुका लागी गौरबको विषय हो तर भारतिय दुतावासले सुदुर पश्चिम मात्रैे नभई नेपालीले देशै भरका सिमा क्षेत्रमा बर्षौ भारतिय सुरक्षाकर्मि बाट खैप्दै आईरहेको हेपाहा प्रबृति र सिमा विवाद समस्या सुल्झाउन समेत पहल थाल्नु पर्ने कार्यक्रममा सहभागीले बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...