कञ्चन समाजको तीन दिने तीज कार्यक्रम सुरु, समापनमा ज्येष्ठ नागरिकलाई अभिनन्दन गरिने

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐंठपुरस्थित कञ्चन समाजले कञ्चन समाजको आव्हान वृद्धवृद्धाको सम्मान भन्ने नारा सहित यस तीज कार्यक्रम मनाउन सुरु गरेको छ ।

कञ्चन समाज र भीमदत्त नगरपालिका वडा नं. ६ को संयुक्त आयोजना सोमबारदेखि सुुरु कार्यक्रम तीन दिनसम्म चल्ने जानकारी दिइएको छ ।

भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले कार्यक्रम उद्घाटन गरेकी छिन् । उप मेयर जोशीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा भीनपा ६ का वडा अध्यक्ष महेन्द्र खड्का विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा कञ्चन समाजका सल्लाहकार तथा भीनपा ६ का निवर्तमान वडा अध्यक्ष हरक सिह धामी, समाजका तीज कार्यक्रम संयोजक विनादेवी कार्की लगायतका जनप्रतिनिधि, स्थानीय सहभागी भएका छन् ।

समाजका सभापति सुर्य बहादुर चन्द (गोकर्ण) को अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रम सञ्चालन समाजका सदस्य नितेश रावलले गरेका थिए ।

कार्यक्रम समापन असोज ३ गते वडाका ५ जना ज्येष्ठ नागरिकलाई अभिनन्दन गरिने समाजका सदस्य रावलले जानकारी दिए ।

    

सम्बन्धित
Loading...