

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रले बहु विवाहको आरोपमा कैलालीका एक नेतालाई निलम्बन गरेको छ । पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य समेत रहेका शेरबहादुर चौधरीलाई माओवादीले ६ महिनाका लागि निलम्बन गरेको हो । चौधरी कैलालीको भजनी नगरपालिकाका पूर्व प्रमुख समेत हुन्। उनले केही समयअघि बहुविवाह गरेको पाइएको छ।

उनले ‘साँस्कृतिकजन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहश्र स्वीकार गरेकोले चौधरीलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ’, माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा भनिएको छ ।

चौधरी विरुद्ध पार्टीमा उजुरी परेपछि उनको कमजोरी पुष्टि भएसँगै उनलाई केन्द्रीय कार्यालयको बैठकबाट निलम्बनको गरिएको हो ।

