ghar sansar

ब्रतालु महिलाको भीडले भरियो महाकाली किनार (तस्बिरहरु सहित)

little buddha academy
khasi

डिल्लीराज पन्त
महेन्द्रनगर । महाकाली नदिमा ऋषि पञ्चमीका दिन व्रतालु महिलाको लागेको छ । तिजको अन्तिम दिन हिन्दू महिलाहरुले सप्तऋषिको पूजा अर्चना गर्न महाकाली नदि किनारका विभिन्न घाटहरुमा भिड लागेको हो । ब्रतालु महिलाहरुले महाकाली किनारमा रहेको भुजेला घाट र ऐरी घाट तथा हरिहर घाटमा स्नान र पुजा अर्चना गरेका छन् ।

आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गर्ने क्रममा कञ्चनपुरका अधिकाँश महिलाहरु महाकाली नदिमा गई न्वाईध्वाई गर्ने र नदि किनारमै पुजा अर्चना गर्ने गर्दछन ।

,orning glory badhai

महाकाली नदि किनारमा पुजा अर्चनागर्न कञ्चनपुर,कैलाली का साथै भारतका विभिन्न सिमावर्ति गाउ वाट समेत ब्रतालु महिलाहरु आई पुजा अर्चना गर्दै आईरहेका छन ।

ब्रतालु महिलाहरुले गर्ने स्नान तथा पुजाका कारण यस क्षेत्रमा दिन भरी मेला नै लाग्ने र ऋषि पञ्चमीकाका दिन ब्रतालु महिलाहरु सप्त ऋषि तथा अरुन्धतीको पुजा अर्चन गर्न प्रतेक वर्ष महाकाली नदि किनारमा आउने गरेको पण्डित लोकराज पन्त बताउँछन् ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन महाकाली नदि संगै जिल्लाका अन्य ठुला नदिमा समेत पुजा अर्चना गर्ने ब्रतालुहरुको भिड लाग्ने गरेको पाईन्छ ।

dirghayi clinic

रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन विहानै न्वाई ध्वाई गरी ब्रतबसी अरुन्धती सहित सप्तऋषिको पूजा अर्चना गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास भएको हुँदा आजको दिन नदि किनारमा पुजा अर्चनागर्ने गरेको ब्रतालु महिलाहरु बताँउछन् ।

आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको र स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा अर्जना गरी रजस्वलाका समयमा भएका गल्तीको क्षमा याचना माग्ने गरीएको अर्का व्रतालु महिला राखि सुबेदी बताउँछन् ।

ऋषिपञ्चमी मेलाका लागि महाकाली नदी तटमा आज दिनभरी सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाएको छ । नदी किनार पुरुषहरुलाई समेत आवातजावतमा रोक लगाएको छ ।

मेला व्यवस्थापन का संयोजक तथा भिमदत्त नगरपालिका –११ का वडा अध्यक्षले विगत का वर्षहरुझै तिज तथा ऋषिपञ्चमी पुजागर्न करिव १० हजार को संख्यामा महिलाहरु आउने आंकलन वरिएको र मेलालाई भव्य र सौहार्द पुर्ण वातावरणमा सम्पन्न गर्न नदि किनार मोवाईल लग्न र फोटो खिच्न समेत रोक लागाएको बताए ।

सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । सप्तऋषिको पूजा पश्चात ब्रतालु महिलाहरु दिनभर नाचगान र भजनकिर्तन गरी रमाईलो गर्ने गर्दछन ।

विगत एक साता देखी दैशैभर हर्षेाल्लासका साथ हिन्दु नारीहरुले मनाउदै गरेको पर्व तीज पनि आजैका दिन देखी विधिवत रुपमा समापन हुने गर्दछ ।

 

Himal dental
सम्बन्धित
Loading...