

महेन्द्रनगर । संविधान दिवसको अवसर पारी मंगलबार संविधानका ८ वर्ष अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । भीमदत्त नगरपालिकाको सभा कक्षमा गरिएको कार्यक्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कानुन संकायका विद्यार्थी सहित विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी भएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालय कानुन संकायका डिन कर्ण थापाको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा प्रमुख अतिथि थिए ।


कार्यक्रममा कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डे, उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीशद्वय कृष्णलाल भट्टराई, अर्जुन प्रसाद कोइराला, भीमदत्त नगरपालिका प्रमुख पदम बोगटी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, उच्च सरकारी वकील कार्यालयका निमित्त सह न्यायाधिवक्ता प्रकाश भण्डारी लगायतका सहभागी भएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालय कानुन संकाय सहित जिल्ला समन्वय समिति कञ्चनपुर, नेपाल कानुन व्यवसयी परिषद् सुदूरपश्चिम शाखा , उच्च अदालत बार एसोसिएसन मेहेन्द्रनगर इजलास, बार एसोसिएसन जिल्ला समिति कञ्चनपुर, भीमदत्त नगरपालिका, एमनेस्टी इन्टरनेशनलले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् ।
सुदूरपश्चिम विश्वविद्यालयका उप प्राध्यापक सुदर्शन कुँबरले संविधानको मुख्य विशेषता र कार्यान्वयनमा देखिएका चुनौती लगायतका विषय समेटेर कार्यपत्र प्रस्तुत गरे ।

