महेन्द्रनगर । संविधान दिवसको अवसरमा बुधबार विहान महेन्द्रनगरमा प्रभातफेरि गरिएको छ । संविधान दिवसलाई तीन दिने मनाउने निर्णय अनुसार विहान कार्यक्रम गरिएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले संविधान दिवसको अवसरमा बिहान प्रभातफेरि गरिएको बताए ।
उनका अनुसार साँझ संविधान चोकमा दिप प्रज्वलन गरिने कार्यक्रम बनाइएको छ ।
संविधान सभाबाट २०७२ असोज ३ गतेका दिन नेपालको संविधान घोषणा भएको थियो । संविधान घोषणाको दिनलाई बर्सेनी संविधान दिवसका रुपमा मनाउँदै आएको छ ।