ghar sansar

बेलौरीमा सुरक्षाकर्मीकै अगाडि मध्यरातमा स्वास्थ्यकर्मीमाथि हातपात, सुरक्षाकर्मी मुकदर्शक

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका एक जना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।

dirghayi clinic

मंगलबार राति सवा ११ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी नगरपालिका–५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात र गालीगलौज गरिएको छ ।

,orning glory badhai

बेलौरीकै गोकुलपुर बजारका रामु भनिने रामबहादुर खड्काले गालीगलौज गरी घाँटी च्यापेको र आफूले सबै कुरा सिसिटिभी क्यामेरामा कैद भइरहेको भनेपछि थप दुर्घटना हुनबाट जोगिएको अहेब गैरेको भनाइ छ।

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले उपलब्ध गराएको सिसिटिभी फुटेजमा देखिए अनुसार सुरक्षाकर्मीकै अगाडि मध्यरातमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि गरिएको दुर्व्यवहारलाई भने खड्काले सामान्य विवाद भएको प्रतिक्रिया दिए।

Himal dental
सम्बन्धित
Loading...