स्वास्थ्य कार्यालयका हाकिमको ६ महिनामै सरुवा

महेन्द्रनगर । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण ६ महिनामै सरुवा भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पन्तलाई धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रमा सरुवा गरेको छ ।

स्वास्थ्य कार्यालय प्रमुख पन्त गत चैतमा मन्त्रालयबाट कार्यालय प्रमुख भएर आएका हुन् । उनी कार्यालय प्रमुख भएको छोटो समयमै तालिम केन्द्र सरुवा भएका छन् ।

पन्तको स्थानमा स्वास्थ्य निर्देशनालय दिपालयबाट ओमप्रकाश जोशीलाई सरुवा गरिएको छ । जोशी स्वास्थ्य सेवाका कर्मचारीमा इमान्दार र सोझा व्यक्तिका रुपमा चिनिन्छन् ।

स्वास्थ्य कार्यालय प्रमुख पन्तले कार्यालयको जिम्मेवारी सम्हालेपछि उनले कार्यालयमा आर्थिक सहायतको बजेट नभएकाले चन्दा माग्न नआउन भन्दै सूचना टाँस गरेका थिए ।

स्वास्थ्य कार्यालयमा कागजमा कार्यरत दिपेन्द्र सिह रावलको नियम विपरित काज फिर्ता गरेपछि उनी मन्त्रालयको स्पष्टीकरणमा परेका थिए । काज फिर्ता गर्ने मन्त्रालयको अधिकार प्रयोग गरी उनले काज फिर्ताको चिठी दिएपछि रावल मन्त्रालय पुगेका थिए । त्यसपछि उनलाई स्पष्टीकरण सोधिएको थियो ।

रावल अहिले महाकाली प्रादेशिक अस्पतालमा छन् । पन्त अघिका कार्यालय प्रमुख शिवराज सुनारले चार वर्षसम्म कार्यालय प्रमुख भएका थिए । सुनारको मन्त्रालय सरुवा भएपछि पन्त कार्यालय प्रमुख भएका हुन् ।

स्वास्थ्य सेवामा कार्यालय प्रमुख तराई क्षेत्रमा दुई वर्ष र पहाडमा एक वर्षसम्म सरुवा गर्न नहुने प्रावधान छ ।

सम्बन्धित
Loading...