बेलौरी स्वास्थकर्मी हातपात प्रकरण : कार्यकर्ताको बचाउमा उत्रियो काँग्रेस, स्वास्थ्यकर्मीमाथि उल्टै दुव्र्यवहारको आरोप

महेन्द्रनगर । नेपाली काँग्रेसले बेलौरीस्थित श्रीपुर स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी नरेन्द गैरेमाथि मंगलबार राति राति विरामीको उपचारका क्रममा भएको हातपात घट्ना छानबिनका लागि समिति गठन गर्न माग गरेको छ ।

काँग्रेसको निर्वाचन क्षेत्र नं. १ क्षेत्रीय समितिले बुधबार विज्ञप्ति जारी गरी प्रहरीलमाथि दबाव सिर्जना गर्न समान्य घट्नालाई राजनीतिकरण गरिएको भन्दै समिति गठनको माग गरेको छ ।

काँग्रेस क्षेत्रीय समितिले स्वास्थ्यकर्मी गैरमाथि हातपात नभएर उनले दुव्र्यवहार गरेको आरोप लगाएको छ । मंगलबार राति स्वास्थ्य केन्द्रमा भर्ना भएका बेलौरी नगरपालिका–५ मैनाहाका बाबुराम चौधरीको उपचारका क्रममा काँग्रेसका तरुण दलका नेता राम बहादुर खड्काले गैरमाथि गाली गलौज गर्दै हातपात गरेका थिए ।

खड्काले प्रहरीको सामुन्ने गैरेमागि हातपात गरेको सिसिटीभि फुटेजमा देखिएको छ । खड्काले गालीगलौज गरी गैरेको घाँटी च्यापेको र आफूले सबै कुरा सिसिटिभी क्यामेरामा कैद भइरहेको भनेपछि उनले छाडेका बताएका छन् ।

काँग्रेसका क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यय, प्रदेश सभा ख का सभापति चेतन कुमार राई र बेलौरी नगर सभापति पेपुराम चौधरीले सार्वजनिक विज्ञप्ति जारी गरी स्वास्थ्यकर्मी गैरले दुव्र्यवहार गरेको आरोप लगाएका हुन् ।

उनीहरुले स्वास्थ्यकर्मी गैरले घाइते चौधरीको उपचारका चासो नदेखाएको र बुझ्ने क्रममा गैरले दुव्र्यवहार गरेको समान्य घट्नालाई राजनीतिकरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्राथमिक स्वास्य केन्द्रका अनुसार चौधरीको उपचार भई रहेका बेला खड्का सहित आएको समूहका अधिकाँशले मदिरा सेवन गरेका थिए । उनीहरु स्वास्थ्य केन्द्र पस्न अघि बर्ड डे पार्टीमा सहभागी भएर फर्किएका हुन् ।

काँग्रेस क्षेत्रीय समितिले घट्नालाई राजनीतिकरण गरिएको बताए पनि कसले गरेको भन्ने उल्लेख गरिएको छैन । स्वास्थ्यकर्मी गैरले हातपातमा संलग्न खडका सहितका अन्यमाथि किटानी दिने तयारी गरेका छन् ।

स्वास्थ्य केन्द्रमा प्रहरीमाथि स्वास्थ्यकर्मीमाथि हातपातको घट्नाको चौतर्फी आलोचना भएको छ । मंगलबार राति सवा ११ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका छन् ।

सम्बन्धित
Loading...